कोरोना मिटर : आज थप चार सय ७३ मा संक्रमण पुष्टि, कुल संक्रमितको १४ हजार पाँच सय १९ पुग्यो

पछिल्लो २४ घन्टामा देशभर चार सय ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

संक्रमित हुनेमा एक सय नौ महिला र तीन सय ६४ पुरुष छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले कुल संक्रमितको संख्या १४ हजार पाँच सय १९ पुगेको जानकारी दिए ।

यसैगरी विगत २४ घन्टामा ६ सय ६४ जना निको भएर डिस्चार्ज भएका छन् । निको भएर हालसम्म डिस्चार्ज हुनेको संख्या पाँच हजार तीन सय २० पुगेको गौतमले बताए ।

हालसम्म संक्रमित हुनेमा महिला एक हजार आठ सय ८३ र पुरुष १२ हजार ६ सय ३६ रहेको मन्त्रालयले जनाएको छ । नयाँ पत्रिकाबाट साभार

Comments

comments