थप २० जनामा कोरोना पुष्टि, कुल सङ्ख्या ५०७ पुग्यो

काठमाडौँ, जेठ ९ गते । पछिल्लो परीक्षणमा थप २० जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ ।

नेपालमा सङ्क्रमित सङ्ख्या ५०७ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा। विकास देवकोटाले बताउनुभयो ।

बाँकेमा १४, कैलाली ३, बैतडीमा १, डडेल्धुरा १ र मोरङमा एकजनालाई कोरोना सङ्क्रमित भएको छ । गोरखापत्र अनलानबाट साभार

Comments

comments