कोरोना अपडेट : थप ३० जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ४८७ पुग्यो

नेपालमा कोरोना संक्रमितको संख्या चार सय ८७ पुगेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं र भरतपुर अस्पताल, चितवनमा गरिएको परीक्षणमा थप ३० जनामा कोरोना संक्रमणको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

नयाँ थपिएका संक्रमितमध्ये नवलपरासी ९बर्दघाट सुस्ता पूर्व० को विनय त्रिवेणी गाउँपालिका निवासी ४५ वर्षीय एक जना पुरुष, भरतपुर महानगरपालिका निवासी ७४ वर्षीय पुरुष र ७३ वर्षीया महिला छन् । यस्तै नवलपरासीकै सुस्ता गाउँपालिका र रामग्राम नगरपालिका निवासी ३३ र ३५ वर्षीय पुरुष र १५ वर्षीया किशोरीमा संक्रमण देखिएको छ ।

यसैगरी कपिलबस्तुको बाणगंगा नगरपालिका र मायादेवी गाउँपालिका निवासी ८ वर्षीया बालिका र २४ देखि ५३ वर्षसम्मका आठ जना पुरुष छन् ।

यस्तै थप भएका संक्रमितमा सर्लाहीको गोडैता नगरपालिका र रामनगर बहुअर्वा गाउँपालिका निवासी २२ देखि ४५ वर्षसम्मका १४ जना पुरुष र १८ वर्षीया युवती रहेको मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । नयाँ पत्रिकाबाट साभार

Comments

comments