अनलाइन कक्षा सञ्चालन गर्दै प्रिमियर इन्टरनेशनल स्कुल

सम्पूर्ण विश्व कारोना भाइरस (कोभिड – ज्ञढ) को सङ्क्रमणमा परेको वर्तमान समयमा प्रायः सम्पूर्ण देशका शिक्षण संस्थाहरु बन्द रहेको समयमा शिक्षाको राजधानी मानिने ललितपुरको खुमलटारस्थित प्रिमियर इन्टरनेशनल स्कुलले अनलाइन कक्षा सञ्चालन गरिरहेको छ ।

नेपाल सरकारको निर्णय अनुसार चैत्र ५ गतेभित्र कक्षा ९ सम्मको परीक्षा सकिएता पनि विद्यार्थी र अभिभावकको आवश्यकतालाई महसुश गर्दै चैत्र १० गतेदेखि नै विद्यालयको वार्षीक क्यालेण्डर अनुसार लकडाउन अवधिमा पनि अनलाइनमार्फत कक्षा सञ्चालन गरिरहेको छ । लकडाउनको अवधिभर घरमै बसेर विद्यार्थीले आफ्ना शिक्षकहरुसँग इन्टरनेट सञ्जाल मार्फत् भेटेर पढ्न पाउने हुनाले विद्यार्थीको पठन संस्कृतिले पनि निरन्तरता पाउने उद्देश्यले अनलाइन कक्षा सञ्चालन गरिएको देखिन्छ ।

विद्यालयको यो कार्यले गर्दा विद्यार्थीहरुको खाली समय पनि सही ढङ्गले उपयोग भइरहेको अभिभावकहरुको बुझाइ रहेका छ । घरमै बसिबसि आफ्ना शिक्षकहरुसँग पढाइका साथसाथै आफ्ना अनुभव,धारणा र प्रशनहरु राखेर अध्ययन गर्न पाउँदा विद्यार्थीहरुमा पनि निकै खुशी देख्न सकिन्छ ।

पाठ्यक्रममा आधारित सिकाइका साथसाथै पाठ्यक्रमलाई नै विश्वसमुदायमा घटेका घटनाहरुसँग जोडेर अध्ययन गराइनुका साथै दैनिक व्यवहारमा प्रयोग हुने सिकाइलाई सहयोग पुग्नेगरि विद्यालयले कक्षा सञ्चालन गरिरहेको छ । विद्यालयको यो कदमले विद्यार्थीमा सिकाइलाई थप उचाइमा पुर्याउनुका साथै व्यवहारिक सीपमा पनि दक्ष बनाउनेछ भने घरमै थुनिएर बस्दा उत्पन्न हुने विभिन्न समस्यावाट पनि टाढा राख्न सहयोगी भूमिका खेल्ने देखिन्छ । edusanjal बाट

Comments

comments