नेपालमा कोरोना संक्रमितको संख्या ६ पुग्यो

नेपालमा कोरोना भाइरस (कोभिड– १९) संक्रमितको संख्या ६ पुगेको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा बिहीबार दिउँसो भएको परीक्षणमा एकजनामा यसको संक्रमण देखिएको हो ।

४ चैतमा कतारबाट आएको क्युआर ६५२ नम्बरको विमानमा आएका व्यक्तिमा कोरोना पोजेटिभ देखिएको हो ।

यसबारे थप विवरण आउन बाँकी रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए ।

यस अघि ५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको थियो । एक जना उपचारपछि ठिक भइसकेका छन् । नयाँ पत्रिकाबाट साभार

Comments

comments