एक विद्यार्थीमा देखियो कोरोनाको संक्रमण

काठमाडौं । फ्रान्सबाट नेपाल फर्किएकी एक विद्यार्थीमा कोरोनाको संक्रमण देखिएको छ । स्वास्थ्यमन्त्री भानुभक्त ढकालले आकस्मिक पत्रकार सम्मेलन गर्दै एक जना नेपाली कोरोना पोजेटिभ देखिएको र उनको उपचार टेकुमा भइरहेको जानकारी दिएका हुन् । उनका अनुसार यो रिपोर्ट हिजो आएको हो ।

उनी विद्यार्थी हुन् । महिला हुन् र उनको उमेर १९ वर्षको छ । उनले थपे, ‘उनको परिवारलाई समेत क्वारेन्टाईनमा राखिएको छ ।उनी नेपाली नागरिक हुन् । संक्रमित महिलाको काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल सरुवा रोग अस्पतालमा उपचार हुँदैछ ।

सरकार कोभिड १९ विरुद्ध लड्न आवश्यक सावधानी अपनाएको र नागरिकले पनि राज्यले जारी गरेको सूचना तथा अनुरोध मान्न अनुरोध गर्दै फलोअपका बिरामीले डाक्टरको सुझाव मान्न अनुरोध गरेका छन् ।

मन्त्री ढकालले सम्मेलनको अन्तिममा हालसम्म शंकास्पद ६ सय नमुना परिक्षण गरिएकोमा चैत्र ४ गते नेपाल आएका एक जना नेपाली नागरिकमा कोरोना भाइरस पोजेटिभ देखिएको जानकारी दिए ।

Comments

comments