काठमाडौं विश्वविद्यालयको सिनेट निर्णयमा पुग्न सकेन, २१ माघमा सभा बोलाइयो

काठमाडौं विश्वविद्यालयको सिनेट ठोस निर्णयमा पुग्न सकेन । आज दिनभर प्रधानमन्त्री निवास वालुवाटारमा सिनेट बसेपनि कुनै निर्णयमा पुग्न सकेन । आफ्नै प्रस्तावना विपरीत विश्वविद्यालयका उपकुलपति प्रा।डा। रामकण्ठ माकाजुले मन्तव्य व्यक्त गरेका थिए ।

कुलपति समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सभामा उपकुलपति माकाजुले पाँच वटा एजेण्डा पेश गरेका थिए । तर, विश्वविद्यालयका उपकुलपति माकाजुले प्रस्तावना विपरित धारणा राखेपछि बैठक अन्य एजेण्डामा प्रवेशनै नगरि स्थगित भएको सभामा सहभागि एक सदस्यले इडियूपत्रसंग वताए ।

विश्वविद्यालयभित्र कर्मचारी तथा प्राध्यापकहरूले आफ्नो पेशागत हकहितका लागि खोलेको संघलाई मान्यता दिनुपर्ने पहिलो एजेण्डा थियो । विशेष सभामा विश्वविद्यालयको कार्यव्यवस्था संसोधन, आर्थिक नियमावलि संसोधन, दरवन्दी सम्बन्धमा, विभिन्न समितिहरुको प्रतिवेदन पेश गर्ने योजना बनाइएको थियो ।

आगामि २६ माघमा सभा बस्ने भएको छ । काठमाडौं विश्वविद्यालय प्राध्यापक संघले काठमाडौँ विश्वविद्यालय ऐन, २०४८ मा भएका विभेदकारी प्रावधान हटाई सम्बन्धित सबै पक्षको सभागितामा संशोधन गर्नुपर्ने, विश्वविद्यालयमा भइरहेको आर्थिक तथा नीतिगत भ्रष्टाचारको अन्त्य गर्नुपर्ने माग अघि सारेको छ ।

यस्तै प्राध्यापक तथा कर्मचारीको नियुक्ति, नियमित वृत्ति विकास, प्रोत्साहनका सम्बन्धमा आवश्यक नीति, नियम निर्धारण गरी लामो समयसम्म एउटै पदमा कार्यरत करार(अस्थायी सेवाका प्राध्यापक तथा कर्मचारीको विषय संशोधन गर्नुपर्ने, विश्वविद्यालयको शैक्षिक गुणस्तर खस्किरहको अवस्थामा गुणस्तर अभिवृद्धिका लागि आवश्यक योजना निर्माण गरी कार्यान्वयन गर्नुपर्ने, विश्वविद्यालयका कार्यरत प्राध्यापक र कर्मचारीको पेशागत सङ्गठनलाई मान्यता दिई विश्वविद्यालय सङ्गठनात्मक ढाँचामा समावेश गर्नुपर्ने माग राख्दै तालाबन्दी गर्दै आएको छ ।

तर, यी विषयमा विश्वविद्यालय सभाले ठोस निर्णय लिन सकेन । edusanjal बाट साभार

Comments

comments