कक्षा ११ र १२ मा नयाँ पाठ्यक्रम स् सामाजिक अध्ययन र जीवन उपयोगी शिक्षा अनिवार्य

 

काठमाडौँ । पाठ्यक्रम विकास केन्द्रले कक्षा ११ मा सामाजिक अध्ययन र कक्षा १२ मा जीवन उपयोगी शिक्षा विषय अनिवार्य अध्ययन गर्नुपर्ने व्यवस्था गरेको छ । केन्द्रले सार्वजनिक गरेको विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रमको प्रारूपमा कक्षा ११ र १२ मा यी दुई विषयसहित अंग्रेजी र नेपाली अनिवार्य अध्ययन गर्नुपर्ने व्यवस्था गरेको छ ।

आगामी शैक्षिक सत्रदेखि नयाँ पाठ्यक्रमका आधारमा पढाइ सुरु हुने कक्षा ११ र १२ मा विद्यार्थीहरूले तीन विषय अनिवार्य र तीन विषय ऐच्छिक रूपमा अध्ययन गर्नुपर्नेछ। विद्यार्थीले थप ऐच्छिकका रूपमा अर्को एक विषय पनि अध्ययन गर्न पाउनेछन्। सामाजिक अध्ययन तथा जीवन उपयोगी शिक्षाअन्तर्गत एकरएक पाठ्यघण्टाको सूचना प्रविधिको व्यावहारिक अभ्यास गराइने केन्द्रका महानिर्देशक लेखनाथ पौडेलले जानकारी दिए।

कक्षा १० सम्म अनिवार्य विषयका रूपमा समावेश गरिएको गणितलाई कक्षा ११ र १२ मा ऐच्छिक विषयमा राखिएको छ। गणितलाई अनिवार्य विषयमा समावेश नगरेकामा विज्ञहरूले असन्तुष्टि जनाएका छन्। यसमा गणित विज्ञहरूले विषयको महत्त्वलाई उपेक्षा गरिएको टिप्पणी गरेका छन्। पाठ्यक्रम निर्माणमा संलग्नहरूले सबै विद्यार्थीलाई गणितको बोझ बोकाउन नहुने तर्क गर्दै ऐच्छिक विषयका रूपमा राखिएको जनाए।

गणितलाई अनिवार्य विषयमा समावेश नगरेकामा विज्ञहरूले भने असन्तुष्टि जनाएका छन्। गणितको अभावमा विज्ञान, प्रविधि क्षेत्रसमेत कमजोर हुने उनीहरूले दाबी छ।

ऐच्छिक विषयका लागि ऐच्छिक प्रथम, द्वितीय, तृतीय र चतुर्थ समूहमा विषयहरू छुट्ट्याइएको छ। विद्यार्थीहरूले ती समूहमध्ये कुनै तीन समूहबाट एकरएक विषय गरी जम्मा तीन विषय छनोट गर्नुपर्ने छ। कक्षा ११र१२ को ऐच्छिक प्रथम समूहमा १५, दोस्रोमा १४, तेस्रोमा ३० र चौथोमा २० विषय सूचीकृत गरिएको छ। कक्षा ११ र १२ को अन्तिम परीक्षा भने राष्ट्रिय परीक्षा बोर्डले नै सञ्चालन गर्नेछ।

त्यस्तै, कक्षा ९ र १० मा नेपाली, अंग्रेजी, विज्ञान तथा प्रविधि, सामाजिक अध्ययन विषय अनिवार्य गरिएको छ भने दुई विषय ऐच्छिक छन्। विद्यार्थीले पाठ्यक्रमको अनुसूचीबाट ऐच्छिक विषयहरू छानेर पढ्न पाउनेछन्। कक्षा १० को परीक्षा राष्ट्रिय परीक्षा बोर्डले प्रदेशस्तरमा गर्नेछ। एसईई परीक्षा सञ्चालन तथा व्यवस्थापन, कार्यान्वयन योजना, प्रश्नपत्र निर्माण, परीक्षा सञ्चालन र नतिजा प्रकाशन गर्न प्रदेशस्तरीय परीक्षा बोर्ड गठन हुने प्रारूपमा उल्लेख छ।

प्रादेशिक बोर्डले कक्षा १० को अन्त्यमा प्रदेशस्तरीय माध्यमिक शिक्षा परीक्षाको व्यवस्थापन, सञ्चालन र प्रमाणीकरणसम्बन्धी कार्य गर्नेछ। कक्षा ८ को परीक्षा भने स्थानीय तह र ९ को परीक्षा विद्यालयले सञ्चालन गर्ने व्यवस्था गरिएको छ। कक्षा १ देखि ७ सम्मको परीक्षा पनि विद्यालयले नै सञ्चालन गर्नेछन्। कक्षा १–३ मा एकीकृत पाठ्यक्रमको नीति अवलम्बन गरिएको छ। यी कक्षामा पूर्णरूपमा निरन्तर मूल्यांकन पद्धति अवलम्बन गरिने पाठ्यक्रममा उल्लेख छ। कक्षा ४ र ५ मा ५० प्रतिशत भारको निरन्तर मूल्यांकन पद्धति र ५० प्रतिशत भारको आवधिक परीक्षाका लागि छुट्टयाई विद्यार्थीको उपलब्धिको लेखाजोखाबाट मूल्यांकन गर्न लागिएको हो। कक्षा ६ र ७ मा ६० प्रतिशत भारको आवधिक परीक्षा र ४० प्रतिशत भारको निरन्तर मूल्यांकनका माध्यमले विद्यार्थीको उपलब्धिको लेखाजोखा गरिनेछ। कक्षा ८ देखि १२ का विद्यार्थीको मूल्यांकन ७५ प्रतिशत बाह्य परीक्षाबाट र २५ प्रतिशत आन्तरिक रूपमा गरिनेछ।

पाठ्यक्रम संरचनामा नै पाठ्यघण्टा समेटी पठनपाठन गर्ने गराउने प्रबन्ध गरिएको छ। त्यसका लागि एक पाठ्यघण्टा बराबर महिनाको ३२ कार्यघण्टा (पिरियड) तोकिएको छ। साधारण धारबाहेक आधारभूत तह कक्षा ६ देखि नै विद्यार्थीले प्राविधिक धार पनि पढ्न पाउँछन्। कक्षा ६–८ मा संस्कृतरगुरुकुलरवेदरविद्याश्रम, गोन्पा तथा विहाररमदरसा शिक्षा हुनेछ। कक्षा ९ र १० मा थप प्राविधिक तथा व्यावसायिक धारको शिक्षा हुनेछ। कान्तिपुरदैनिकबाट साभार

Comments

comments