विद्यालयलाई नवनिर्मित भवन हस्तान्तरण

मनाङको नासो गाउँपालिका–५ स्थित प्रकाश ज्योति मावि थोचेको नवनिर्मित भवन विद्यालयलाई हस्तान्तरण गरिएको छ ।

नासो गाउँपालिका र रोटरी क्लब अफ गोर्खाको सहयोगमा निर्माण गरिएको दुई कोठे नवनिर्मित भवन मंगलबार एक समारोहबीच विद्यालयलाई हस्तान्तरण गरिएको हो ।

नासो गाउँपालिकाको रु २० लाख र रोटरी क्लब अफ गोर्खाको रु २० लाख गरी कूल रु ४० लाखको लागतमा सो भवन निर्माण गरिएको थियो । सो विद्यालयमा हाल २०० विद्यार्थी अध्ययनरत छन् ।

सो अवसरमा गाउँपालिकाको अध्यक्ष चन्द्र घलेले विद्यालयको शैक्षिक सुधारमा जोड दिनुपर्ने आवश्यकता औल्याउनुभयो ।

Comments

comments