भारतीय कलेजमा बढ्दैछ नेपाली विद्यार्थीको आकर्षण

 

भारतमा उच्च शिक्षा अध्ययनका लागि नेपालबाट सबैभन्दा बढी विद्यार्थी आउने गरेका छन्। एक अध्ययन सर्वेक्षणका अनुसार भारतमा अध्ययन गर्न आउने विदेशी राष्ट्रका विद्यार्थीमध्ये नेपाल पहिलो स्थानमा रहेको छ।

गत वर्ष नेपालबाट उच्च शिक्षा अध्ययनकालागि १२ हजार ७ सय ४७ विद्यार्थी भारत आएका छन्। सन् २०१८र२०१९ मा विश्वका १६४ मुलुकहरुबाट भारतमा अध्ययनका लागि ४७ हजार ४ सय २७ विद्यार्थीहरु आएका थिए। समग्र विदेशी विद्यार्थीमध्ये नेपालका २६/८८ प्रतिशत रहेको अध्ययनले देखाएको छ। दोश्रो मुलुकमा अफगानिस्तान रहेको छ। अफगानिस्तानबाट ९/८ प्रतिशत ९४६५७० विद्यार्थी सहभागी रहेका छन्।

भारत सरकारको मानव संसाधन विकास मन्त्रालयअन्तर्गत अखिल भारतीय उच्च शिक्षा सर्वेक्षण (एआईएसएचई)ले गरेको अनलाइन अध्ययन सर्वेक्षणले यो तथ्यांक सार्वजनिक गरेको हो। भारतमा नेपालबाट आउने विद्यार्थीहरुमध्ये स्नातक अध्ययनका लागि आउनेको संख्या धेरै रहेको छ। समग्र विद्यार्थीमध्ये ७३/४४ प्रतिशत स्नातक अध्ययनका लागि आउने गरेका छन्। छात्राको तुलनामा छात्रहरुको संख्या धेरै रहेको छ।

अध्ययनमा समावेश गरिएको १५ विषय अन्तर्गत बीटेक ९ब्याचलर्स अफ टेक्नोलोजी० अध्ययन गर्न आउने विद्यार्थीहरु सबैभन्दा बढी रहेका छन्। समग्र विद्यार्थीको ८५ प्रतिशत बीटेक अध्ययनकालागि आउने गरेको तथ्यांकमा उल्लेख छ।

भारतमा बीबीए, बीएससी, बीए, बीई, बीफार्मा अध्ययनका लागि विद्यार्थी आउने गरेको देखिएको छ। त्यसैगरी एमबीबीएस अध्ययनका लागि आउनेमध्ये छात्राको संख्या बढी देखिएको छ भने बीएससी नर्सिंङमा पनि छात्राको बाहुल्यता रहेको छ।

एआईएसएचईले अनलाइनमा अपलोड गरेको मापदण्ड फर्ममा उच्च शिक्षा अध्यापन गराउने संस्थानहरुले स्वेच्छिक रुपमा भरेको तथ्यांकका आधारमा यो प्रतिवेदन सार्वजानिक गरिएको हो। ३ डिसेम्बर २०१८ देखि १० मे २०१९ सम्मको अवधिमा संकलित तथ्यांकलाई यो प्रतिवेदनमा समावेश गरिएको छ।

मन्त्रालयले २०१०र११ देखि नै यो तथ्यांक सार्वजनिक गर्दै आएको छ। भारतमा रहेका समग्र अध्ययन संस्थाहरुलाई विश्वविद्यालय, कलेज र स्वतन्त्र संस्था गरि तीन वर्गमा छुट्याएर यो तथ्यांक संकलन गरिएको हो। एआइएसएचईको वेवसाइटमा दर्ता भएका ९९९ विश्वविद्यालय, ३९ हजार ९३१ कलेज, १० हजार ७२५ स्वतन्त्र संस्थान (स्टेन्ड अलोन इन्स्टिच्यूटहरु मध्ये यो सर्वेक्षणमा ) सय ६२ विश्वविद्यालय, ३८ हजार १ सय ७९ कलेज तथा ९ हजार एक सय ९० संस्थानहरुले भाग लिएका थिए।

उच्च शिक्षा अध्ययनमा भारतमा यो वर्ष ३ करोड ७४ लाख विद्यार्थीहरु सहभागी भएको तथ्यांकले देखाएको छ। जसमध्ये ४८।६ प्रतिशत छात्रा रहेका छन्। संचालनमा आएका कलेजमध्ये ७८ प्रतिशत बढी कलेज निजी क्षेत्रद्धारा संचालित छन्। समग्र विद्यार्थीको ६६।४ प्रतिशत निजी क्षेत्रमा अध्ययन गर्ने अध्ययनले देखाएको छ।

विदेशी विद्यार्थीहरुको पहिलो प्राथमिकता कर्नाटक

अध्ययन गर्न आउने विद्यार्थीमध्ये सबैभन्दा बढी कर्नाटका जाने गरेका छन्। यो वर्षको अध्ययनमा पनि समग्र विदेशी विद्यार्थीमध्ये १० हजार २३ विद्यार्थी कर्नाटकमा अध्ययन गरिरहेका छन्। त्यसपछि महाराष्ट्र ९५,००३०, पंजाब ९४,५३३०, तमिल नायडु, हरियाणा ९२,८७२०, दिल्ली ९२,१४१०, गुजरात ९२,०६८०, तेलंगाना ९२,०२०० रहेको छ।

नेपाल सधैं पहिलो

भारतमा अध्ययन गर्न आउने मुलुकमा नेपाल पछिल्लो एक दशकदेखि नै पहिलो स्थानमा रहेको छ। यो अवधिमा नेपालबाट अध्ययनका लागि आउने विद्यार्थीहरु झण्डै ९ प्रतिशतले बढेको छ।

Read more: https://www.merostudy.com/loksewa/28054/

Comments

comments