उपल्लो डोल्पाका सबै विद्यालय ६ महिनाका लागी बन्द

उपल्लो डोल्पाका विद्यालयहरु ६ महिनापछि खुल्ने गरी बन्द भएको छ । कात्तिक महिनादेखि हिमपात र चिसो बढ्दै गएकाले पठनपाठन सञ्चालन गर्न नसकिने भएपछि विद्यालयहरू बन्द भएको हो ।

उपल्लो डोल्पामा पर्ने शे–फोक्सुण्डो, डोल्पोबुद्ध र छार्काताङ्सोङ् गाउँपालिकामा रहेको २३ वटा विद्यालय ६ महिनाका लागि बन्द भएको शिक्षा विकास तथा समन्वय इकाई प्रमुख सिंहराज डाँगीले जानकारी दिए । गाउँ शिक्षा समितिको औपचारिक निर्णय भएपछि विद्यालयहरू बन्द गरिएको पेमा छिरिङ गुरुङ्गले बताए । गर्मी महिना सुरु भएपछि मात्रै विद्यालय खुल्ने उनले जानकारी दिए ।

चिसोले बढेसँगै बस्न नसक्ने भएपछि उपल्लो डोल्पाका अधिकांश स्थानीयबासीहरू पशु चौपायसहित बेसी झर्न थालेका छन् ।

Comments

comments