चिसो भुँइमा बसेर पढ्दै आएका बालबालिका नयाँ भवन पाएपछि भए दंग

पर्साको जगरनाथपुर गाउँपालिका वडा नं २ की सवाना खातुनलाई विद्यालय आउँदा घरबाटै बोरा बोकेर आउनुपर्थ्यो । विद्यालयमा भुँइमा बसेर पढ्नुपर्ने कठिन परिस्थिति थियो । अब त्यसको अन्त्य भएको छ । उनीहरु बोरा घरमै छोडेर अब वेञ्चमा बस्न थालेका छन् ।

सवाना मात्रै होइन, लक्ष्मीपुर आधारभूत विद्यालयमा अध्ययनरत सबै विद्यार्थी दंग छन् । वेञ्चमा बसेर पढ्न पाउँदाको खुशी उनीहरुको मुहारमा प्रष्टै देखिन्छन् । कक्षा ५ मा अध्ययनरत लक्ष्मी कुमारी अब ढुक्कले पढ्न पाउने बताउँछिन् ।

‘पहिला धेरै दुःख थियो, घरबाट बोरा ल्याएर भुँइमा बसेर पढ्नु पर्थ्यो, वर्षामा पानी चुहिन्थ्यो, भवनको पर्खाल पनि डरलाग्दो थियो,’ लक्ष्मीले भनिन्, ‘अब त पक्की घरमा ढुक्कले पढ्न पाइने भएको छ त्यो पनि बेञ्चमा बसेर । ’
लक्ष्मीपुरमा विपन्न दलित तथा मुस्लिम समुदायको बाहुल्यता छ । विद्यालय भवन बनेपछि अभिभावकको चिन्ता घटेको छ । स्थानीय बाबुलाल रामको तीन वटा नातीनातिना लक्ष्मीपुर प्राविमै पढ्ने गरेका छन् ।

‘विद्यालय भवनको अवस्था खराब थियो । भवन कमजोर भएका कारण बच्चाहरु घर नफर्केसम्म चिन्ता हुन्थ्यो,’ उनले भने, ‘अब नयाँ घर बनेको छ, ढुक्क भएर उनीहरुलाई विद्यालय पठाउन सक्छौं ।’

शिवरती दुसाध ९पासवान० को घरबाट पाँच जना लक्ष्मीपुर विद्यालयमा पढ्छन् । ‘पहिला विद्यालयको अवस्था निकै खराब थियो, घर भत्केर छोराछोरीलाई किच्ने हो कि भन्ने चिन्ता हुन्थ्यो,’ उनले भनिन्, ‘अब राम्रो भएको छ, राम्रोलाई त राम्रो भन्नुपर्छ नी हैन र रु ।’ उनले उल्टै प्रतिप्रश्न गरिन् ।

विद्यालयका लागि जगरनाथपुर गाउँपालिका र सामुदायिक विकास कार्यक्रम सीडिपीले २र२ कोठे भवन बनाइरहेका छन् । गाउँपालिकाले दुईकोठे भवनमा १५ लाख र सीडीपीले ३५ लाख ३२ हजार ६ सय १ रुपैयाँ लगानी गरेको छ । सीडीपीको काम अन्तिम चरणमा छ । उसले विद्यालयलाई २४ सेट फर्निचर समेत उपलब्ध गराएको छ । विद्यार्थी नयाँ भवनमा नयाँ बेन्चमा बसेर दंग परेर पढीरहेका छन् । गाउँपालिकाले बनाउँदै गरेको भवनमा फिनिसिङको काम अझै बाँकी छ ।

यसअघि विद्यालयको एउटा भवनमा चार कोठा थियो, त्यस मध्ये एउटा मात्रै केही हदसम्म काम लाग्ने थियो, त्यसमा पनि झ्याल ढोका थिएन । पानी पर्दा छत चुहिन्थ्यो । तैपनि त्यसैमा विद्यार्थी राखेर पढाउने गरिएको थियो । कहिले त विद्यार्थीलाई चौरमै राखेर पढाईन्थ्यो ।

भवन त भयो तर शिक्षक छैनन्

०६६ सालमा स्थापना भएको विद्यालयमा बाल विकासदेखि कक्षा ५ सम्म पढाई हुने गरेको छ । चालु शैक्षिक सत्रका लागि विद्यालयमा १ सय ३७ जना विद्यार्थी भर्ना भएको दाबी विद्यालयको छ । तर विद्यालय नियमित आउने विद्यार्थी संख्या भने निक्कै कम छ । धान काट्ने सिजन भएकोले कम विद्यार्थी विद्यालय आइरहेको विद्यालयले जनाएको छ ।

विद्यालयका प्रधानाध्यापक उन्नतीलाल प्रसाद कुर्मी प्रयाप्त शिक्षक नहुँनुको साथै खाजा कार्यक्रम सञ्चालन नहुँदा विद्यार्थी नियमित नआएको बताउँछन् । उनका अनुसार विद्यालयमा शिक्षकको तीन वटा मात्रै दरबन्दी छ । दरवन्दीका शिक्षक समेत छैनन् ।

‘एक जना शिक्षकले उमेर हदका कारण अवकाश पाए, अर्का एक जना अस्थायी शिक्षक परीक्षामा असफल भए, दुवै घर गए । शिक्षकको नाममा विद्यालयमा म एक्लै छु । अनि बाल विकास शिक्षिका र कार्यालय सहयोगी छन् ।’ प्रअ कुर्मीले भने ‘ सुरुमा भर्ना अभियान चलाउँदा खाजा कार्यक्रम चल्छकी भनेर धेरै विद्यार्थी भर्ना भए, नहर छेउमा चलेको विद्यालय बन्द हुँदा त्यहाँका विद्यार्थी पनि यता आए । तर खाजा कार्यक्रम चलेको छैन । कोठा त चार वटा भयो अब शिक्षकको आवश्यकता छ । ’

पर्याप्त शिक्षक नभएकै कारण माथिल्लो कक्षामा विद्यार्थी संख्या न्यून हुँदै गएको उनी बताउँछन् । ‘बाल विकास र कक्षा १ मा ३०र३५ जना भर्ना हुन्छन् । पाँचसम्म पुग्दा १०र१२ जना पुग्छन् ।’ गरिबीले गर्दा कतिपयले पढाई छोड्छन्, केही अन्य सामुदायिक स्कुल र निजी विद्यालयमा जान्छन् । ’ प्रअ कुर्मीले अगाडि भने ‘ ४ वटा कोठा भएपछि दुई तीन वटा कक्षालाई एउटैमा राखेर पनि पढाउन सकिन्छ । तर पढाउने मान्छे त चाहियो नी ।’

विद्यालयमा शौचालय, खानेपानी र कम्पान्ड वाल निर्माणका लागि बजेटको अभाव रहेको प्रअ कुर्मीले बताए । ‘ विद्यालय सञ्चालन हुँदा त गाउँमा खेल्ने बच्चाहरुले फोहोर गरिदिन्छन् , कतिपयले गुट्खा खाएर जथाभावी थुकिदिन्छन् । अस्ती त धान काटेर पराल ल्याएर राखेका छन् । त्यसैले वाल लगाउनुपर्छ । ’ उने भने ।

सामुदायिक विद्यालयको संरक्षणको जिम्मा स्थानीय तहको काँधमा छ । जगरनाथपुर गाउँपालिकाले विद्यालयका लागि दुईकोठे भवन निर्माण गर्दैछ । १५ लाखमा निर्माणाधिन भवनको भने काम सम्पन्न भइसकेको छैन । गाउँपालिका प्रमुख जालिम मियाँ विद्यालयको अवस्था सुधार्न लागि परेको बताउँछन् । ‘ गाउँपालिकाबाट र एउटा गैरसरकारी संस्थाको लगानीमा दुईवटा चारकोठे भवन निर्माण अन्तिम चरणमा छ ।’ उनले भने ‘ पर्खाल निर्माण लगायत अन्य अत्यावश्यकीय पूर्वाधारका लागि क्रमशः आवश्यक बजेट विनियोजन गर्छौं । जनशक्ति व्यवस्थापनका लागि समेत काम गर्दैछौं । ’

दुई पालिकामा ९ वटा योजना, २ करोड ५० लाखको पूर्वाधार

जिल्ला सदरमुकाम भन्दा टाढा रहेका सीमावर्ती क्षेत्र स्थित घ वर्गमा परेका दुई वटा गाउँपालिकामा ग्रमिण पुनर्निर्माण संस्था ९आरआरएन०ले सामुदायिक विकास कार्यक्रम मार्फत पूर्वाधार निर्माणको काम गरेको हो । नेपाल सरकार र बेलायत सरकारको संयुक्त कार्यक्रम अन्र्तगत जिराभवानी र जगरनाथपुर गाउँपालिकामा २ करोड ५० लाख ८६ हजार ९ सय ९१ रुपैयाँ बराबरको भूकम्प प्रतिरोधी संरचनामा लगानी गरिएको छ । यी संरचनाबाट गरिब, विपन्न तथा सीमान्तकृत समुदाय लाभान्वित हुने दावी उनीहरुको छ ।

लक्ष्मीपुरको विद्यालयमा जस्तै जिराभावनी–१ महादेवपट्टीमा ३४ लाख ८८ हजार ३ सय ६९ रुपैयाँको २ कोठे भूकम्प प्रतिरोधी भवन अन्तिम चरणमा पुगेको आरआरएनले जनाएको छ ।
जगरनाथपुर–३ विजबनियामा ३१ लाख ८१ हजार ४ सय ५० रुपैयाँको ३ कोठे बर्थिङ सेन्टर, वडा नम्बर ४ मा १५ लाख ८९ हजार ३१ रुपैयाँको कुलोका लागि आरसिसी स्ल्याव कल्भर्ट, जगरनाथपुर–५ मसिहानीमा ७ लाख २६ हजार ८ सय २२ रुपैयाँको खानेपानी योजना मार्फत १४ वटा धारा जडान गरिएको संस्थाले जनाएको छ ।

त्यस्तै जिराभवानी– ३ मा १६ लाख ७९ हजार ८ सय ८ रुपैयाँको पर्सुवा कज्वे कल्र्भट, वडा नम्बर २ मा ९ लाख ७६ हजार ३ सय २० रुपैयाँको पर्सुवा कज्वे, जिराभवानी ४ र ५ मा ७ लाख ३५ हजार ८ सय २२ रुपैयाकै खानेपानी योजना अन्र्तगत १४ वटा धारा जडान गर्नुको साथै जिराभवानी ३ मा जिल्लाकै ‘नमुना वडा कार्यालय निर्माण’ भइरहेको छ ।

ग्रमिण पुनर्निर्माण संस्था सामुदायिक विकास कार्यक्रमका जिल्ला संयोजक दिपक बोहोरा स्थानीय सरकारसँगको समन्वयमै काम भएको बताउँछन् । ‘सम्बन्धित पालिकाको कार्यपालिकाको बैठकले छनौट गरेकै योजनामा काम गरेका हौं, प्राविधिक र आर्थिक मुल्यांकन पछि जनप्रतिनिधिकै उपस्थितिमा उपभोक्ता समिति बनायौं । कामको आधारमा भुक्तानी दिएका हौं,’ उनले भने, ‘ केहि योजनाको अन्तिम किस्ता बाँकी छ । काम सकिएपछि अन्तिम सार्वजनिक लेखा परीक्षण पछि मात्रै हस्तान्तरणको प्रक्रियामा जान्छौं ।’ विद्यालय भवन तथा वडा कार्यालय भवन भूकम्प प्रतिरोधी, अपाङगता मैत्री रहेको उनको भनाइ छ ।

Comments

comments