कालापानी, लिपुलेक फिर्ता माग्दै हिडेका विद्यार्थीमाथि प्रहरीको हस्तक्षेप

काठमाडौं । नेपालको कालापानी र लिपुलेक लगायतको भाग नेपालमा पर्ने गरी भारतले नयाँ राजनीतिक नक्सा जारी गरेपछि नेपालभर चर्को विरोध भइरहेको छ । देशभर विभिन्न विद्यार्थी संगठन तथा आम नेपाली जनसमुदायले यसको विरोध जनाइरहेका छन् । यस बीच लामो समय देखि नेपाल सरकारद्धारा प्रतिवन्धको मार खेपिरहेको नेत्र विक्रम चन्द ‘विप्लव’ समुहले पनि प्रदर्शन गरेको छ ।

भारतीय रवैयाको विरोधमा विप्लव निकट विद्यार्थी संगठनले राजधानीमा प्रदर्शन गरेको हो । आज माइतीघर मण्डलामा भेला भएर विद्यार्थीहरूले सीमा अतिक्रमणविरुद्ध चर्को नाराबाजी गरेका छन् । उनीहरूले ‘गो ब्याक इण्डिया’को नारा पनि लगाएका छन् । नेकपा महासचिव विप्लवका छोरा प्रकाश चन्द पनि विरोध कार्यक्रममा सहभागी हुने भनिएको थियो । तर, प्रहरीले उनी सहभागी नहुँदै प्रदर्शनकारीमाथि हस्तक्षेप गरेर केहीलाई नियन्त्रणमा लिएको छ । प्रदर्शनमा सहभागी ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

विद्यार्थीका नाममा प्रदर्शन गरेपनि प्रतिबन्धित विप्लव समूहको कार्यकर्ता भएको आरोपमा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । प्रहरीले विप्लव नेतृत्वको नेकपामा आस्था राख्ने सम्पुर्णलाई छानीछानी नियन्त्रणमा लिएको आरोप लगाइएको छ ।

Comments

comments