शिक्षक सेवा आयोगले सच्यायो नतिजा

भक्तपुर । शिक्षक सेवा आयोगले खुला तर्फको प्राथमिक तहको नतिजा सच्याएको छ । आयोगले दैलेख जिल्लाको विज्ञापन नम्बर १०८ को प्राथमिक तह अपाङ्गता समूहको नतिजा सच्याएको हो ।

माग संख्या २ मात्र भएको उक्त विज्ञापनमा भदौ २८ को निर्णय अनुसारको सूचनामा भूलवश रोल नम्बर ६५१००८५९ का झलकबहादुर शाहीको नाम प्रकाशन हुन गएकामा आयोगले त्यसलाई संशोधन गरी रोल नम्बर ६५१००७८४ का टेकराज शाही र रोल नम्बर ६५१०२०६८ का वीरेन्द्रबहादुर हमालको नाम मुख्य उम्मेदवारको रुपमा सिफारिस गरी प्राप्ताङ्कको आधारमा रोल नम्बर र ६५१००८५९ का झलकबहादुर शाहीलाई वैकल्पिक योग्यता सुचीमा राखिएको आयोगले जनाएको छ ।

Comments

comments