लोकसेवा लगायत हरेक परीक्षामा सफल हुने केही सरल तरिकाहरु जान्नुहोस्

काठमाडौं । अहिले नेपालमा लोकसेवाको तयारी गर्ने विद्यार्थीहरुको संख्या धेरै रहेको छ । यस बारेमा पुस्तक देखि पत्रिका अनी कक्षासम्म पनि चर्चा हुने गर्दछ । हरेक साताको बुधबार गोरखापत्रमा लोकसेवा विशेष भनेर सामाग्री पनि प्रकाशित हुने गर्दछ । लाखौं विद्यार्थीहरुको जिन्दगीसँग जोडिएको यस क्षेत्रमा केही व्यक्तिहरु मात्रै सफल हुन्छन् । आउँनुहोस् कसरी पढ्ने देखि के पढ्नेसम्म चर्चा गरौं

१ पढ्दा खेरी कसैको दबाबमा नपढने , आफुले जुन बिषय पढ्न हो त्यसलाई भित्री मन देखी नै पढ्ने , यदि आफुलाई त पढ्न मन थिएन तर परिवारको दबाबमा आएर पढ्न लागेको हो भने यतातिर लागेर समय बर्बाद नगर्ने ।

२ पहिले आफ्नो के हो त्यो करा सुनिश्चित गर्ने । लोकसेवा पढेर जसरी पनि पास गरी सरकारी सेवामा छिरेर आफ्नो करियर बनाउने लक्षका साथ पढ्ने गनु पर्दछ ।

३ पढेर किताब रटेरमात्र लोकसेवा पास गर्न सकिदैन । यसलाई माया गर्नुुपर्छ र बुझेर पढ्ने कोसिस गर्नुपर्छ । यसका लागि सबै कुरा मिल्नुपर्ने हुन्छ । पहिलो पटकमा नै सफल भैइन्छ भन्ने हुदैन । एक चोटि असफल हुदैँमा हरेस खानु हुँदैन । धैर्यता र आफ्नो आत्माविश्वास कायम राख्नुपर्छ ।

४ लोकसेवा सधै सकरात्मक सोचाई राख्नु पर्छ । असफल हुँदैमा हरेस नखाने नआत्तिने , धैयताका साथ आफ्नो मनोबल बढाउँने र पढ्न सुरु गर्ने ।

५ पढ्दा कुनै एउटा पाठ्य सामाग्रीको मात्रै भर नपर्नुहोस । बजारमा गुणस्तरिय भन्दा पनि प्रचारमुखी सामाग्री बढि पाईन्छन् । त्यसैले पाठ्य सामाग्री चयन गर्दा सम्पर्ण पाठ्यक्रमलाई समेटेका गुणस्तरीय सामाग्री चयन गर्नुहोस ।सकेसम्म नोट बनाउने बानी बसाल्नुहोस । नोट बनाउदा धैरै सामाग्री हेरेर बनाईन्छ । जसबाट धेरै कुरा जान्ने मौका मिल्छ ।

Comments

comments