शिक्षामा संस्कारका कुरा समावेश गर्नुपर्छ : शिक्षा शाखाप्रमुख पन्थी

विद्यालयको सुशासन, स्वमूल्यांकन र विद्यालय सुधार योजनाको समिक्षा तथा निर्माण विषयक २ दिने अभिमुखीकरण सरस्वती आधारभूत विद्यालय शिवपुरमा संचालन भएको छ ।

विद्यालयको चौतर्फी पक्षको सुधार गर्दै शैक्षिक गुणस्तरमा आमूल परिवर्तन ल्याउन अभिमुखीकरण गरिएको हो । अभिमुखीकरणमा किर्डाक नेपालको आयोजना, स्ट्रोम फाउण्डेसनको सहयोग तथा शिवराज नगरपालिका र विद्यालयको समन्वय रहेको छ ।

कार्यक्रममा शिवराज नगरपालिका शिक्षा, युवा तथा खेलकूद शाखा प्रमुख लोकराज पन्थीले अबको शिक्षामा संस्कारको कुरालाई प्रमुखताका साथ समाबेश गर्नुपर्ने जिकिर गरे ।

उनले बालबालिकाहरुलाई प्रयोगात्मक अभ्यासबाट सिक्ने वातावरणको सृजना गर्ने खालको शिक्षा दिनुपर्ने धारणा राखे । अबको शिक्षा व्यवहारिक, सामाजिक र प्रविधिमैत्री बनाउन सोही अनुसारको योजनाका साथ लागू गर्नुपर्ने सुझाव दिए ।

दुई दिनसम्म संचालन हुने अभिमुखीकरणमा विद्यालयसँग प्रत्यक्ष सरोकार राख्ने अभिभावक, शिक्षक, बालक्लबका विद्यार्थी, विद्यालय व्यवस्थापन समिति तथा शिक्षक अभिभावक संघका पदाधिकारीहरुको सहभागिता रहेको छ ।

अभिमुखीकरणको सहजीकरण किर्डाक नेपाल कपिलवस्तुका कार्यक्रम अधिकृत श्री बहादुर भण्डारीले गरेका छन् । अभिमुखीकरणसँगै विद्यालयको योजनाको खाका निर्माण गरी लागू गरिने बताइएको छ । इपाटी डटकमबाट

Comments

comments