सरकारद्धारा विद्यालय तहको नयाँ पाठ्यक्रम पारित

काठमाडौं । सरकारले विद्यालय तहको नयाँ पाठ्यक्रम पारित गरेको छ। राष्ट्रिय पाठ्यक्रम तथा मूल्यांकन परिषद् शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा पेस गरेको विद्यालय तहको नयाँ पाठ्यक्रम भदौ २० गतकोे मन्त्रीस्तरीय बैठकले पाठ्यक्रम पारित गरेको हो।

कक्षा ११ को अन्तिम परीक्षा राष्ट्रिय परीक्षा बोर्डले नै लिने निर्णय पनि गरिएको छ। यसअघि उक्त कक्षाको अन्तिम परीक्षा स्कुलले लिने कि बोर्डले भन्ने अन्योल रहँदै आएको थियो। यो निर्णयपछि कक्षा ११ र १२ को अन्तिम परीक्षाको जिम्मेवारी राष्ट्रिय परीक्षा बोर्डले पाएको छ। कक्षा १० को परीक्षाको जिम्मेवारी भने प्रदेश सरकारलाई दिइएको छ।

साना कक्षामा विद्यार्थीको गणित, अंग्रेजी र नेपालीमा सिकाइ कमजोर हुँदै गएको सरकारी तथ्यांकले नै उजागर गरेपछि पाठ्यक्रम विकास केन्द्र सानोठिमीले बालबालिकाको सिकाइ सुधार गर्न नयाँ पाठ्यक्रम तयार पारेको हो। केन्द्रले हाल कक्षा १ देखि ३ सम्मको नयाँ एकीकृत पाठ्यक्रम तयार पारी कार्यन्वयनमा ल्याएको छ।

उक्त पाठ्यक्रम १ सय ३ स्कुलमा परीक्षण भइरहेको छ। कक्षा ४ देखि १२ सम्म ग्रेडिङअनुसार क्रेडिट आवरसहितको नयाँ पाठ्यक्रम शिक्षामन्त्री गिरिराजमणिको अध्यक्षतामा बसेको बैठकले पारित गरेको केन्द्रका महानिर्देशक डा। लेखनाथ पौडेलले बताए। विद्यार्थीलाई पढाइप्रति जिम्मेवार र गम्भीर बनाउन पनि केन्द्रले कक्षा ११ र १२ दुवैको परीक्षा लिने व्यवस्था बोर्डमै राखेको महानिर्देशक पौडेलको ठहर छ।

‘नयाँ पाठ्यक्रमअनुसार अब कक्षा ११ मा अनिवार्य विषयहरूमा नेपाली, अंग्रेजी र सामाजिक र तीन ऐच्छिक गरी ६ विषय पढ्नैपर्ने बनाइएको छ भने कक्षा १२ मा अनिवार्य विषयहरू अंग्रेजी, नेपाली र जीवनोपयोगी शिक्षा र तीन ऐच्छिक गरी ६ विषय पढ्नैपर्ने व्यवस्था गरिएको छ,’ महानिर्देशक पौडेलले भने, ‘नयाँ पाठ्यक्रमले पूर्णाङ्क प्रणालीलाई हटाएर पाठ्यघण्टा ९क्रेडिट आवर० को व्यवस्था गरेको छ। विद्यार्थीले अब एक वर्षमा २७ क्रेडिट आवर पढे पुग्छ।’ हाल कक्षा ११ र १२ मा कुल पाँच विषय मात्र अध्ययन गर्ने व्यवस्था छ।

विश्वनिकेतन माध्यमिक विद्यालयका प्रधानाध्यापक हेरम्बराज कँडेलले मन्त्रालयले निर्णय गरेको नयाँ पाठ्यक्रमले विद्यार्थीमा अध्ययन गर्ने बानीको विकास गरी पढाइप्रति गम्भीर बनाउने विश्वास व्यक्त गरे। ‘स्कुलले कक्षा ११ को परीक्षा लिँदा विद्यार्थीले खेलाँची गर्ने थिए,’ प्रधानाध्यापक कँडेलले सु्नाए, ‘विद्यार्थीको सिकाइ उपलब्धि राम्रो गर्न कक्षा ११ मा बोर्ड परीक्षाले सकारात्मक भूमिका खेल्नेछ।’

पाठ्यक्रम विकास केन्द्रले कक्षा ११ र १२ का विद्यार्थीको सीप र दक्षता वृद्धि गर्न नयाँ पाठ्यक्रमसमेत थपेको छ। अंग्रेजी, नेपाली, समाजिक र जीवनोपयोगी अनिवार्य विषयका साथै विद्यार्थीले तीनवटा ऐच्छिक विषय पढ्नुपर्छ।

ऐच्छिक विषयमा विश्वस्तरमै माग भएको विषयहरू राखिएको महानिर्देशक पौडेलले बताए। ‘कक्षा ११ र १२ का लागि ४०र४० वटा पाठ्यक्रम तयार भइसकेको छ भने ३० वटा पाठ्यक्रम तयार हुने क्रममा छ,’ उनले भने, ‘योग, प्राकृतिक चिकित्सा, अयुर्वेद, बुढ्यौली स्याहारलगायत थुप्रै नयाँ विषयवस्तुको पाठ्यक्रम तयार भएको छ। ‘कक्षा ४–१२ सम्मको सबै पाठ्यक्रमको खाका तयार गरी पाठ्यक्रम अनुगमन तथा मूल्यांकन परिषद्मा पेस भएको छ।’ उनले थपे, ‘कक्षा १० को परीक्षाको सवालमा संघीय शिक्षा ऐन आएपछि कानुन बनाएर कार्ययोजना बनाई अघि बढ्नुपर्छ।’

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको विद्यालय क्षेत्र विकास कार्यक्रममा गरिएको लगानी र प्रक्रियाहरूको प्रभावकारिताबारे सरकारले नै अध्ययन गरेको कक्षा ५ को विद्यार्थी उपलब्धिको राष्ट्रिय परीक्षण २०१८ को नतिजाले गणित विषयमा ७२ प्रतिशत विद्यार्थीले पाठ्यक्रमको न्यूनतम सिकाइ नसिकेको देखाएको छ। सोही कक्षाको नेपाली विषयमा ५५ प्रतिशत विद्यार्थीले नेपाली विषयमा आफैं वाक्य गठन गर्न नसक्ने प्रस्ट्याएको छ।

३२ प्रतिशत बालबालिको गणित सिक्ने कक्षामा आधारै नबनेको र नेपालीमा २० प्रतिशत बालबालिकाले आफैं वाक्य गठन गर्न आधारसमेत स्कुलमा तयार नभएको पाइएको अध्ययन नतिजाले देखाएको छ।

शिक्षा मन्त्रालयअन्तर्गतको शैक्षिक गुणस्तर परीक्षण केन्द्र सानोठिमीले सोमबार सार्वजनिक गरेको प्रतिवेदनले कक्षा ५ को विद्यार्थीहरू गणित र नेपालीमा कमजोर बन्दै गएको प्रस्ट पारेको हो। पौडेलले आधारभूत तहमा नानीहरुको नेपाली, अंग्रेजी र गणित विषयमै सिकाइ उपलब्धि कमजोर बन्दै गएकाले नयाँ पाठ्यक्रममा क्रेडिट आवर वृद्धि गरिएको जनाए।

नयाँ पाठ्यक्रमअनुसार आधारभूत तहमा ९कक्षा १–८० अंग्रेजी, नेपाली र गणितको पाठ्यघन्टा बढाइएको छ। नयाँ पाठ्यक्रमअनुसार कक्षा १–३ सम्म नेपाली पाँच क्रेडिट आवर, अंग्रेजी र गणितमा चाररचार क्रेडिट आवर, हाम्रो सेरोफोरे आठ क्रेडिट आवर र स्थानीय विषयमा पाँच क्रेडिट आवर तोकिएको छ। कक्षा ४–८ मा नेपाली, अंग्रेजी, गणित, विज्ञान तथा प्रविधि, सामाजिक अध्ययन तथा मानवमूल्य शिक्षा विषयहरू क्रमशः पाँचरपाँच क्रेडिट आवरको तोकिएको छ।

यसैगरी स्वास्थ्य, शारीरिक तथा सिर्जनात्मक कला तीन क्रेडिट आवरको र स्थानीय विषयमा चार क्रेडिट आवर तोकिएको छ।

नयाँ पाठ्यक्रमअनुसार माध्यमिक तह कक्षा ९ र १० मा समेत यी विषयहरूमा क्रेडिट आवर बढाइएको छ। कक्षा ९–१० मा अंग्रेजी, नेपाली, गणित र विज्ञान तथा प्रविधिमा पाँचरपाँच क्रेडिट आवर तोकिएको छ। सामाजिक अध्ययन, ऐच्छिक प्रथम र द्वितीयमा क्रमशः पाँचरपाँच क्रेडिट आवर तोकिएको छ।

कक्षा ११ र १२ मा भने अंग्रेजीभन्दा नेपालीमा कम क्रेडिट आवर तोकिएको छ। कक्षा ११ र १२ दुवै तहमा नेपाली विषय तीनरतीन क्रेडिट आवरको राखिएको छ।

पाठ्यक्रमका निर्देशक एवं सूचना अधिकृत गणेश भट्टराईले माथिलो कक्षामा मेडिकल, इन्जिनियरिङ, बैकिङलगायत क्षेत्रमा विद्यार्थीहरू जाने र स्वदेश तथा विदेशमा समेत उच्च शिक्षा हासिल गर्न अंग्रेजी नै आवश्यक हुने भएकाले कक्षा ११ र १२ मा अंग्रेजीलाई बढी क्रेडिट आवर दिएको दाबी गरे।

२०६० सालसम्म सार्वजनिक स्कुलमा कक्षा ४ देखि मात्र अंग्रेजी पठनपाठन गराइने पाठ्यक्रममा व्यवस्था थियो। तर २०६३ को पाठ्यक्रमले कक्षा १ देखि नै सार्वजनिक स्कुलमा समेत अंग्रेजी विषय पठनपाठनको व्यवस्था ग¥यो।

तर यसमा उचित व्यवस्थापन नभएकाले स्कुलअनुसार फरक घन्टी पढाइने व्यवस्था थियो। ‘अब आधारभूत तहमा समेत अन्तर्राष्ट्रिय स्तरकै पाठ्यक्रम तयार गरेर पाठ्य घण्टाको व्यवस्थाले विद्यार्थीको सिकाइ उपलब्धिको स्तर बढ्ने विश्वास लिएको छु,’ महानिर्देशक पौडेलले भने, ‘त्यसअनुसारको शिक्षक तालिक, क्रेडिट आवर मिलाइएको छ भने प्रयोगात्मक क्रियाकलापसमेत मिलाइएको छ।’

नयाँ पाठ्यक्रमअनुसार कक्षा ११ का बायोलोजी समूहका विद्यार्थीले समेत गणित विषय अध्ययन गर्न पाइने व्यवस्था गरिएको निर्देशक भट्टराईले बताए। ‘ऐच्छिक विषयको पहिलो र दोस्रो समूहमा क्रमशः भौतिक र रासायनिक विज्ञान तथा तेस्रो समूहबाट जीव विज्ञान अध्ययन गर्ने विद्यार्थी भने जीवनोपयोगी शिक्षको साटो आवश्यकताअनुसार ऐच्छिक विषयको तेस्रो समूहबाटै गणित विषय लिन सक्ने व्यवस्था गरिएको छ,’ निर्देशक भट्टराईले नागरिकसँग भने, ‘कक्षा ११ र १२ को पाठ्यक्रम निर्माण गर्दा विद्यार्थीको हितलाई ख्याल गरिएको छ।’

उनले थपे, ‘आगामी शैक्षिक सत्रदेखि कक्षा ११ मा नयाँ पाठ्यक्रम लागु हुन्छ। २०७७ सालदेखि देशभरिका विद्यालयमा कक्षा १ देखि एकीकृत पाठ्यक्रम लागू हुन्छ।’ त्यसपछि क्रमशः कक्षा २ देखि माथि लागू हुँदै जानेछ। नागरिक दैनिकबाट

Comments

comments