दिवा खाजाको नाउँमा विद्यार्थीलाई नून र रोटी खुवाइएको समाचार प्रशारण गर्ने पत्रकार पक्राउ

काठमाडौँ । भारतको उत्तर प्रदेशमा दिवा खाजाको नाउँमा विद्यार्थीलाई नून र रोटी खुवाइएको समाचार प्रशारण गर्ने पत्रकार पक्राउ परेका छन् ।

स्थानीय पत्रकार पवन जयसवालले केही समय अघि विद्यालयहरुमा दिवा खाजाको नाउँमा विद्यार्थीहरुलाई नून र सुक्खा रोटी खुवाइएको खबर सार्वजनिक गरेका थिए ।

तर, षड्यन्त्र पूर्व उक्त खबर सार्वजनिक गरेको आरोप लगाउँदै उत्तर प्रदेश प्रहरीले उनी बिरुद्ध मुद्दा दर्ता गरेको छ । उनलाई उक्त खबर मार्फत उत्तर प्रदेश सरकारको बदनाम गराएको आरोप लगाइएको छ ।

उनको पक्राउ वारे मिर्जापुर प्रहरी अधिकारी अवधेशकुमार पाण्डेले भनेका छन्– विज्ञहरुको अनुसन्धानपछि पत्रकार पवन जयसवालसमेत ३ जनाबिरुद्ध मुद्दा दर्ता गरिएको छ ।

उनले थपेका छन्– प्रहरीले थप अनुसन्धान गरिरहेको छ । यस सम्बन्धमा एक व्यक्तिलाई हिरासतमा लिइएको छ ।

एक स्थानीय हिन्दी भाषाको अखवारमा काम गर्ने पत्रकार जयसवालले भने आफूलाई गलत आरोप लगाएर फसाउन खोजिएको बताए । उनले भनेका छन्– मलाई मेरो कामका आधारमा निशाना बनाइरखिएको छ । मुद्दा दर्ता भएपछि मलाइ डर लागिरहेको छ ।

पत्रकार जयसवाल माथि अपराधिक षड्यन्त्र तथा धोकाधडीको आरोप मा मुद्दा दर्ता गरिएको छ । तरपनि, उनलाई अझै आफूमाथि दर्ताभएको मुद्दा को कपी उपलब्ध गराइएको छैन ।

भिडियोमा के थियो ?

जयसवालले मिर्जापुर जिल्लाको जमालपुर विकासखण्डका प्राथमिक विद्यालय शिउरमा विद्यार्थीलाई दिवाखाजाको नाउँमा नून र सुक्खा रोटी खुवाइएको भिडियो रेकर्ड गरेका थिए ।

उनले बनाएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो । जसले गर्दा स्थानीय प्रशासनको भूमिकाप्रति गम्भीर प्रश्न खडा भएका थिए ।

जयसवालले भनेका छन्– कैयौं दिनदेखि गाउँमा मान्छेहरुले विद्यालयमा दिवाखाजाको नाउँमा अनियमितता भइरहेको बारेमा फोनगरेर जानकारी दिइरहेका थिए । साथै उनीहरुले यस घटना मिडियाको माध्यमबाट प्रशासनको अगाडि ल्याउन बारम्बार आग्रह गरेका थिए ।

उनले भने– २२ अगस्टमा पनि मेरो गाउँ नजिकैको एक स्रोतले फोन गरे । विद्यालय पुग्न अगाडि मैले यस विषय आधारभूत शिक्षा अधिकारीहरुलाई पनि जानकारी गराएको थिँए । म जब करिब १२ बजे विद्यालय पुगें, त्यहाँ पुग्दा बालबालिकाले नूनसँग सुक्खारोटी खाइरहेका थिए । मैले तुरुन्तै भिडियो बनाएँ ।

जयसवालले आफ्नो भिडियो रिपोर्टमा भनेका थिए कि दिवाखाजाको नाउँमा बालबालिकाका लागि मात्र रोटी बनाइएको थियो । साथै तरकारीको साटो उनीहरुलाई नून दिइएको थियो ।

जयसवालले थप भनेका छन्– म अखवारको पत्रकार भएकाले मैले खिचेको भिडियो जिल्लाका अन्य पत्रकारहरुलाई दिएँ । उनीहरुले यस सम्बन्धमा जिल्लाका अधिकारीहरुसँग प्रश्न गरे । भिडियो सार्वजनिक हुने बित्तिकै जिल्लाका अधिकारीहरुले त्यससम्बन्धमा छानविन गराए र दुईजनालाई निलम्वन गरे ।

जयसवालले दाबी गरेका छन् कि स्थानीय प्रशासनले पाँच पटक छानवीन गर्यो तथा भिडियो तथा घटनाक्रम सही पाएको थियो । यस्तै यस विषयमा छैटौं पटक जिल्ला अधिकारी प्रियंका निरञ्जनले गरेकी थिइन् ।

जयसवालले भनेका छन् कि उनलाई जिल्ला अधिकारीले यस विषयमा लिखित उजुरी गर्न भनेका थिए । तर, उनले आफू पत्रकार भएकाले आफ्नो काम समाचार सार्वजनिक गर्ने मात्रै भएको भन्दै यस विषयमा पक्ष विपक्ष नबनाउन आग्रह गरेका थिए ।

सूचना दिने व्यक्ति गिरफ्तार ?

साना बालबालिकाहरुलाई नूनसँग रोटी खाइरहेको भिडियो भाइरल भएपछि स्थानीय सरकारले यस विषयमा छानवीन गरेको थियो । पत्रकार जयसवालका अनुसार जुन व्यक्तिले उनलाई विद्यालयमा भएको अनियमितता बारे सूचना दिएका थिए, उनलाई गिरफ्तार गरिएको छ ।

ज्यसवालले भनेका छन्– यस घटना सार्वजनिक भएपछि मूख्यमन्त्रीले समेत यसविषयमा छानवीन गर्न आदेश दिएका थिए । त्यसपछि स्थानीय अधिकारीहरुले आफूलाई बचाउन मलाई फसाइरहेका छन् । विविसी हिन्दीबाट साभार

Comments

comments