आजदेखि सुरु भएको गुणस्तरीय शिक्षाका लागि अन्तर्राष्ट्रिय सम्मेलन तीनदिनसम्म चल्ने

काठमाडौं । आजदेखि गुणस्तरीय शिक्षाका लागि अन्तर्राष्ट्रिय सम्मेलन शुरु हुँदै छ । तीनदिनसम्म चल्ने सम्मेलनको केहीबेरमा ललितपुर स्थित रातो बंगला स्कूलको सभाहलमा शिक्षामन्त्री गिरिराजमणि पोखरेलले उद्घाटन गर्दै छन् ।

शैक्षिक गुणस्तर सुधारका लागि बालकेन्द्रित र सिकाइ केन्द्रित सार्थक शिक्षण सिकाइ सुनिश्चित गर्नका सम्मेलन हुन लागेको हो ।

शिक्षा मन्त्रालय र रातो बंगला फाउण्डेशनको आयोनामा हुन लागेको सम्मेलनमा देशभरका सामुदायिक विद्यालयका तीनसय बढी शिक्षकहरुको सहभागिता रहेको छ । उनीहरुलाई अमेरिका, चाइना, सिंगापुर, बंगलादेशलगायतका विज्ञहरुले प्रशिक्षित गर्ने छन् ।

सम्मेलनमा आज पहिलो दिन दुई सेसन रहने र प्रत्येकमा १० वटा कार्यशाला र विज्ञद्वारा ४ वटा कार्यपत्र पस्तुति रहने छ । प्रत्येक कार्यशालामा २० देखि ३० जना शिक्षकहरुको सहभागिता रहने छ । अन्तिममा निस्कर्ष प्रस्तुत गरिने छ ।

यस्तै, दोस्रो दिन भोलि १४ कार्यशाला र डा। अरुणा उप्रेतीको विशेष कक्षा रहने जनाइएको छ । तेस्रो दिन पनि १४ कार्यशाला रहने र निस्कर्ष सहित शिक्षाको गुणस्तरका लागि एउटा घोषणा पत्र जारी हुने जनाइएको छ ।सम्मेलनमा ७० कार्याशाला र स्वदेशी र विदेशी गरी ८० भन्दा बढी कार्यपत्र प्रस्तुति रहने उनले स्पष्ट पारिन् । विद्यार्थीलाई घोकाउन छाडेर काम गर्दै सिक्ने वातावरण निर्माणमा सम्मेलन कोशेढुंगा बन्ने बताइएको छ । सम्मेलनमा देशका ५० जिल्लाका तीनसय बढी सामुदायिक विद्यालयका शिक्षकहरुको सहभागिता रहने छ ।

अमेरिका, चाइना, भारत, सिंगापुरलगायतका ९ देशका शिक्षाविज्ञहरुले आफ्ना अनुभव र अभ्यास आदानप्रदान गर्नेछन् । सामुदायिक विद्यालयका शिक्षकहरुलाई सम्मेलनमा प्रवेशका लागि लाग्ने १० हजार शुल्क मिनाह गरिएको जनाइएको छ । खानेबस्ने व्यवस्था भने शिक्षक आफैले गर्नुपर्ने छ ।

Comments

comments