प्रदेश ३ सरकारको नयाँ योजना एक विद्यालय एक नर्स

काठमाडौँ । प्रदेश ३ सरकारले माध्यमिक पढाइ हुने विद्यालयमा एक नर्स राख्ने योजना सहित ‘एक विद्यालय एक नर्स’ अभियान सुरु गरेको छ ।

सामाजिक विकास मन्त्रालयले आज सार्वजनिक गरेको विज्ञापनमा १३ जिल्लाको प्रत्येक स्थानीय तहमा एक जना पुर्याउनके लागि १ सय एक जना नर्स करार सेवामा राख्नेगरी विज्ञापन प्रकाशित गरेको छ ।

जस अनुसार सिन्धुली–८, रामेछाप–७, दोलखा ८, सिन्धुपाल्चोक–१०, काभ्रेपलाञ्चोक १२, ललितपुर–५, भक्तपुर–३, काठमाडौं–९, नुवाकोट–१०, रसुवा –४, धादिङ–११, मकवानपुर–८ र चितवनमा ६ जना गरी एक सय एक जना नर्स माग गरिएको छ ।

Comments

comments