बिर्तामोड वडा कार्यालयमा बम बिस्फोट

झापा । बिर्तामोड नगरपालिकाको तीन वटा संयुक्त वडा कार्यालय रहेको भवनमा सोमबार बिहानै बम बिस्फोट भएको छ।

गरामनीस्थित बिर्तामोड नगरपालिका वडा नम्बर ७, ८ र ९ को संयुक्त वडा कार्यालयमा बिहान ४:३० बजेतिर बम बिस्फोट भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए।

डीएसपी श्रेष्ठका अनुसार बाहिरबाट राखिएको प्रेसरकुकर बम विष्फोटबाट वडा कार्यालय भवनको झ्याल र कोठा भित्र रहेका फर्निचरहरु फुटेका छन्।

भवनभित्र भएको भए क्षति ठूलो हुने थियो, बाहिरबाट भएकाले ठूलो क्षति भएको छैन। उनले भने, बम बिस्फोट र क्षतिका बारेमा प्रहरीले अनुसन्धान सुरु गरिसकेको छ।

विष्फोट भए लगत्तै प्रहरी घटनास्थलमा पुगेको थियो। बिस्फोट कसले गराएको हो भन्ने यकिन नभएको श्रेष्ठले बताए।

Comments

comments