निजी विद्यालयको संख्यामा वृद्धि, एक वर्षमा थपिए ५ हजार ८१५ विद्यालय

काठमाडौँ । चीनमा निजी विद्यालयहरूको संख्यामा वृद्धि भएको पाइएको छ । सन् २०१८ मा मात्रै ५ हजार ८१५ निजी विद्यालयहरू थपिएर कुल संख्या एक लाख ८३ हजार पाँच सय पुगेको अधिकारीहरूले जनाएका छन् ।

देशमा रहेका कुल विद्यालयहरू मध्ये ३५।३६ प्रतिशत निजी विद्यालयहरु रहेको पनि तथ्यांकले देखाएको छ । चिनियाँ शिक्षा मन्त्रालयले सार्वजनिक गरेको यो तथ्यांक सन् २०१८ सम्मको मात्रै हो ।

निजी विद्यालयहरूमा ५ करोड ३० लाख ७८ हजार विद्यार्थीले पढ्दै आएको तथ्यांकमा उल्लेख गरिएको छ । सन् २०१७ को तुलनामा सन् २०१८ मा ५।०३ प्रतिशत विद्यार्थी बढेको अधिकारीहरूले जानकारी दिएका छन् ।

Comments

comments