एसईई ग्रेडवृद्धि परिक्षाको समय तालिका परिवर्तन भदौ १ मा हुने

काठमाडौं । एसईईको ग्रेडवृद्धि (पुरक) परिक्षाको समय तालिका परिवर्तन भएको छ । यस अघि परिक्षाको साउन २६ र २७ मा हुने भनिएका थियो । समय तालिका परिवर्तन भएर अब भदौ १ मा परिक्षा हुने भएको छ ।

राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले सुचना सार्वजानिक गर्दै यसको जानकारी दिएको हो ।परिक्षाको लागी साउन १० भित्र फाराम भर्न भनिएको छ। परीक्षा बिहान ८ देखि ११ बजेसम्म सञ्चालन हुनेछ। शिक्षा, विज्ञान तथा प्रविधि मनत्रालयको असार २० गतेको पत्रका आधारमा पुरक परीक्षाको मिति सारिएको बोर्डले जनाएको छ ।

२०७५ चैतमा सञ्चालित कक्षा १० परीक्षामा नियमित समूहतर्फ सहभागी भई सी वा त्योभन्दा कम ग्रेड पाएका विद्यार्थीले आफूले चाहेको दुई विषयसम्म परीक्षा दिन पाउने व्यवस्था गरिएको बोर्डले जनाएको छ।

बढीमा दुई विषयको परीक्षामा अनुपस्थित तथा ग्रेड उल्लेख नभएका विद्यार्थीले पनि परीक्षा दिन पाउने उल्लेख छ भने तीन वा तीन भन्दा बढि विषयमा ग्रेड उल्लेख नभएका वा सी भन्दा कम आएका विद्यार्थीले आगामी वर्षको वोर्ड परिक्षामा सहभागी हुन पाउने व्यबस्था रहेको बोर्डले जनाएको छ ।

Comments

comments