दुई सुत्रीय माग राख्दै अस्थायी शिक्षकद्धारा मुखयमन्त्री कार्यालय अगाडि धर्ना

काठमाडौँ ।  दुई सुत्रीय माग राख्दै अस्थायी शिक्षकहरुले जनकपुरधामस्थित मुख्यमन्त्री कार्यालय अगाडि धर्ना दिएका छन्।

अस्थायी शिक्षकहरुलाई पुर्ववत रुपमा उमेरको हदसम्म पेशाको ग्यारेन्टी गरिनुपर्ने र औषधि उपचार व्यवस्थाको माग गर्दै शिक्षकहरु आन्दोलित भएका छन्।

अस्थायी शिक्षकहरुले मुखयमन्त्री कार्यालय अगाडि बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म धर्ना दिएका थिए।

महत्वपुर्ण समय मुलुकको शिक्षा क्षेत्रमा दिएको योगदानलाई कुनै कदर नगरी बुढेसकालमा आएर रोजगारी खोसेको उनीहरुले आरोप लगाए।

अस्थायी शिक्षक आन्दोलन परिचालन समितिका संयोजक धमेन्द्र कुमार यादवले संघीय सरकारको गलत नीतिका कारण प्रदेश दुईका १ हजार २ सय शिक्षकको रोजगार खोसिएको दुःखेसो पोखे।

संविधानको धारा ३३ मा मौलिक हक अन्तर्गत रोजगारीको व्यवस्था गरिएपनि सरकारले आफुहरुलाई बुढेसकालमा सडकमा आन्दोलन गर्न वाध्य बनाएको संयोजक यादवले बताए।

Comments

comments