राजधानीकै औषधि पसल अझै गैरकानुनी चल्दै ( विशेष रिपोर्ट )

औषधिको गुणस्तरमाथि शंका, न अनुगमन न निर्देशन

काठमाडौं । औषधि स्वास्थ्यसंग जोडिएको संवेदनशिल विषय हो । यदि औषधि समयमा विरामीले पाएन भने अकालमै ज्यान समेत जान सक्छ । तर, औषधिहरुको नियमन गर्ने संस्था औषधि व्यवस्था विभागले प्रभावकारी भूमिका निर्वाह गर्न नसक्दा बिरामिहरुले पाउने औषधिको गूणस्तरीयतामाथि नै प्रश्न चिन्ह् खडा हुन थालेको छ ।

संसदको शिक्षा तथा स्वास्थ्य समितीले औषधि व्यवस्था विभागले प्रभाबकारी काम गर्न नसकेको जनाएको छ । विभागले सिंहदरबारस्थित वैद्यखानालाई सकृय बनाउन नसकेको समितीले औंल्याएको छ ।

यस्तै समितीले विभागले औषधिहरुको विक्री संहिता समेत वनाउन नसकेको जनाएको छ । खाद्य प्रबिधी तथा गुण नियन्त्रण विभागले भिटामिन डी क्याल्सीयम आइरन जस्ता औषधिहरुको अनुमति दिदैं आएको भन्दै विभागको ध्यानाकर्षण गराएको छ ।
फार्मेसीको निरीक्षण गर्ने वार्षिक लक्ष्य तीन हजार रहेपनि पुरा गर्न नसकेको उपसमिती संयोजक खगराज अधिकारीले बताए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले अस्पतालहरुको नियमन गर्न आफूहरु लागी परेको बताए । उनले भने, ‘अहिले केहि औषधि पसलहरु गैरकानुनी रुपमा चलिरहेका छन् । यसको नियमन गर्नैपर्छ । ’ विभागले औषधिको गुणस्तरलाई प्रि र पोष्ट तरिकाले जाँच गर्ने कार्यलाई विश्वास योग्य बनाउन नसकेको समितीको निष्कर्ष छ । अझै बजारमा बिक्री भइरहेका औषधिहरुको मूल्य निर्धारण प्रभावकारी रुपमा हुन सकेको छैन ।

अहिले बजारमा छ्यापछ्याप्ती गैरकानुनी औषधि पसल सञ्चालनमा आइरहेका छन् भने केहि औषधिहरु गैर औषधि पसलबाट समेत धमाधम बिक्री भईरहेका छन् । तर, बिभागले नियमनकारी भूमिका निर्वाह गर्न सकेको छैन ।

यस्तै आर्युवेद तथा वैकल्पीक चिकीत्सा विभागले पनि आर्युवेदिक औषधिको गुणस्तर कायम गर्न नसकेको पाइएको छ । समितीले आयुर्वेद औषधिको गुणस्तर कायम गर्न नसकेको भन्दै स्थानियस्तरमा आयुर्वेद पद्यतीलाई पुर्याउनुपर्ने बताएको छ ।

Comments

comments