विद्यालय ‘दिवा खाजा’ कार्यक्रममा लुट

दुई अर्व १५ करोड बजेट, नाम मात्रै

काठमाडौं । सरकारले देशभरका सामुदायिक विद्यालयमा लागु गरेको दिवा खाजा कार्यक्रम प्रभावहीन भएको पाइएको छ । सरकारले १३ लाख ५४ हजार विद्यार्थीलाई लक्षित गर्दै दिवा खाजा कार्यक्रम लागु गरेपनि सो कार्यक्रम लक्षित वर्ग सम्म पुग्न सकेको छैन । जसकारण विद्यार्थीहरु बजारमा तयारी अवस्थामा रहेका खाद्य सामग्रीहरु प्रयोग गर्न बाध्य भएका छन् । दाङ तुलसीपुर उपमहानगरपालीका ११ का वडा सदस्य सुवास डिसीका अनुसार दिवा खाजा कार्यक्रम प्रभावकारी रुपमा अघि बढ्न नसकेको बताए ।

उनले भने, ‘हाम्रो वडामा चारवटा सामुदायिक विद्यालय छन् । तर, उपमहानगरपालीकाले हामीसंग समन्वय गरेको छैन । र, विद्यार्थीहरु दिवा खाजा कार्यक्रममा समावेश समेत भएको देखिएन । ’ धनुषा बटेश्वर गाउँपालीकाका उपाध्यक्ष प्रमीला देविका अनुसार शैक्षिकसत्र सकीन लाग्दा दिवा खाजा कार्यक्रम सुरु गर्ने तयारी थालिएको बताइन् । उनले भनीन्, ‘दिवा खाजा कार्यक्रम लागु गर्न आरपी (स्रोत व्यक्ती) संग कुरा भइरहेको छ । ’ बटेश्वर गाउँपालीकामा १६ वटा विद्यालयहरु छन् ।
शिक्षा तथा विज्ञान प्रविधी मन्त्रालयले यस वर्ष ४० जिल्लाका सामुदायिक विद्यालयमा दिवा खाजा कार्यक्रम लागु गरेको छ । जसको लागि दुइ अर्व १५ करोड रुपैंया बजेट विनीयोजन गरिएको छ ।

तर, अधिकांश सामुदायिक विद्यालयले दिवा खाजा कार्यक्रमलाई वास्था नगरेको पाइएको छ । वालवालीकाहरुका लागि उपलब्ध गराउन विद्यालयगत तथ्याङकका आधारमा प्रती विद्यार्थी दैनिक १५ रुपैंयाका दरले एक सय ८० दिनका लागि विद्यालयको खातामा निकासा गरिएको छ ।

खास क्षेत्र तथा अति सीमान्तकृत, लोपोन्मुख जातिका बालबालीकाहरु एवम् जिल्लाका विद्यार्थिका लागि दिवा खाजा उपलब्ध गराउन विद्यालयलाई शिक्षा तथा विज्ञान प्रबिधी मन्त्रालयले अनुदान रकम उपलब्ध गराएको हो । शिक्षा तथा मानव स्रोत विकास केन्द्रका प्रवक्ता दिपक शर्माका अनुसार दिवा खाजा कार्यक्रम सन्दर्भमा स्थानिय तहको मागको आधारमा शिक्षा विकास तथा समन्वय इकाइले सहजीकरण गर्ने बताए ।

उनले भने, ‘स्थानिय सरकारले व्यवस्थापन गर्न नसकेर कार्यक्रम लागु नभएको हुन सक्छ । तर, इकाइसंग समन्वय गरेर कार्यक्रम लागु गर्नैपर्छ । ’
कृयाकलाप र कार्यान्वयन प्रकृया निर्देशीकामा अनुदान निकासा दिदाँ विद्यालय सञ्चालन भएको दिनलाई आधार मानेर उपलब्ध गराउने उल्लेख छ ।
दिवा खाजा उपलब्ध गराइएका विद्यालयको विद्यार्थी दैनिक हाजिरी पुस्तिकाको प्रतिलीपी विद्यालयका प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समिती अध्यक्षबाट प्रमाणीत गराई स्थानिय तहमा संकलन गरी संख्या एकीन भए पश्चात् थप निकासा दिने व्यवस्था कृयाकलाप र कार्यान्वयन प्रकृया निर्देशीकामा भनिएको छ ।

सामुदायिक विद्यालयका विद्यार्थीहरूका लागि दिवा खाजा कार्यक्रम सञ्चालन कार्यविधि २०७३ मा स्थानीयस्तरमा उपलब्ध हुने खाद्यपदार्थबाट सम्बन्धित विद्यालय खाजा व्यवस्थापन समितिले विद्यार्थीहरूलाई खाजा उपलब्ध गराउने भनिएको छ । जसमा कार्बोहाइड्रेट समूह (शक्ति दिने) चामल, गहँ, मकै, कोदो, फापर, जौ, आलु, तरुल, सखरखण्ड आदि समेटिएको छ । यस्तै, प्रोटिन समूह अन्तर्गत भटमास, सिमी, केराउ, चना, गेडागुडी, माछा, मासु, अण्डा पर्दछन् । यस्तै, शरीरका अङ्गहरूको सन्तुलित विकास र कार्य क्षमता बृद्धि गर्नें फलफुलहरु स्याउ, सुन्तला, जुनार, नासपती, मेवा, केरा चिल्लो पदार्थ समूहहरु घ्यू, तेल, नौनी, दूध, दही आदि पर्दछन् ।

Comments

comments