१७ घरपरिवारलाई जस्तापाता वितरण

तुलसीपुर,१९जेठ । दाङको शान्तिनगर गाउँपालिकाले गाउँपालिका भित्रका खरका छाना हटाउन थालेको छ । गाउँपालिकाले चालुआर्थिक बर्षको कार्यक्रम अन्तर्गत पहिलो चरणमा १७ घरपरिवारलाई जस्तापाता वितरण गरेको छ ।

वडा नं. १ का ११ र वडा नं. २ का ६ घरपरिवारलाई जस्तापाता बितरण गरेको गाउँपालिका अध्यक्ष कमानसिंह डाँगीले बताए ।

चालुआर्थिक बर्ष २०७५-०७६ का लागि गाउँपालिकाले ३५ लाख बजेट बिनियोजन गरेको थियो । गाउँपालिका भित्रै धेरै घरहरु खरका छाना भएको भन्दै खरका छाना हटाउन थालेको उनले बताए ।दाङ बिकसित जिल्लाका रुपमा रहेपनि अझै पनि धेरै नागरिकहरु खरको छानामुनी बस्न बाध्य भएको भन्दै यस्तो कदम अघि चालिरहेका छन् । दाङका स्थानीय तहको खरका छानामुक्त बनाउने योजनालाई अघि सारेका छन् ।

Comments

comments