हामीहरु स्कुलिङ भन्दा पनि बैंकलाई निर्देशन जारी गर्छौः नेपाल राष्ट्र बैंक प्रवक्ता,लक्ष्मी प्रपन्न निरौला

बैंकको काम भनेको सर्वसाधारणलाई सुविधानै दिने हो ।

काठमाण्डौँ । बैंक एक वित्तीय संस्था हो, जहाँ जनताको धनराशी जम्मा गरिने तथा जनतालाई ऋण दिने कृयाकलाप गरिन्छ । आफ्नो धनराशीको उचित सुरक्षा तथा बैंकवाट ब्याज लिने हेतुले बैंकमा धनराशी जम्मा गरिने गरिन्छ । जनताले आफूले बैंकमा जम्मा गरेको धनराशी पुर्व निर्धारित बैंकिङ नियम पुरा गरि निकाल्न र पुनः राख्न पनि सक्दछन् साथै कसैलाइ कर्जा आबश्यक परेको खण्डमा आबश्यक प्रकृया पुरा गरी ऋण लिन सक्दछन् ।

नेपालका निजी र सरकारी वैंकहरुको नियमन गर्ने निकाय नेपाल राष्ट्र वैंकको हो । राष्ट्र बैँकको नेतृत्वमा वैंकहरुको नियमन देखि निती तर्जुमा हुन्छ । यसै सन्दर्भमा शिक्षा संसारकर्मी मिलन दाहलले नेपाल राष्ट्र बैँकका प्रवक्ता, लक्ष्मी प्रपन्न निरौलासंग गरीएको कुराकानीको सारसंक्षेपः

राष्ट्र वैंकको उत्तरदायित्व के हो ?

नेपाल राष्ट्रबैंकको उत्तरदायित्व भनेको स्थायित्व हो । स्थायित्व भन्नाले मुल्यको स्तर र व्याजदर हो ।  यो चाँही आन्तरिक स्थायित्व हो । बाह्य स्थायित्व भन्नाले सटही मुल्य र व्यालेन्स सफ्टवयरमेन्ट एक्सचेन्ज रेट पनि बढ्यो या धेरै घट्यो भने त्यसले पनि अस्थिरता निम्त्याउछ ।

त्यसैले यसलाई सन्तुलन ल्याउनु नै हाम्रो काम हो आन्तरिक स्थायित्वमा अहिले अर्को एउटा स्थायित्वपनि छ , त्यो हो वित्तिय प्रणालीको स्थायित्व, हामीलाई ऐनले पनि के भन्छ भने वैंकिङ मुल्यको स्थायित्व जस्तै आज तपाईले १० रुपैयाँमा पाउनुभएको सामान २० रुपैँया पर्यो भने त्यो मुल्यको स्थायित्व भएन तर, त्यही सामान दश रुपैयाँ पाँच पैसा भयो वा २० पैँसा भयो भने त्यो स्थायित्व भयो । एउटा वित्तिय प्रणालीको स्थायित्व अर्काे आर्थिक स्थायित्व आर्थिकमा चाहि के आयो भन्दा आन्तरिक र वाह्य स्थायित्व आयो, आन्तरिकमा मुल्यको स्तर आयो भने बाह्यमा सटही मुल्य र व्यालेन्स सप्टेरमेन्ट आयो यि समग्र स्थायित्वको लागी चाँही राष्ट्रबैंकले काम गर्छ ।

 

राष्ट्र बैंकले अहिले अरु बैँकहरुलाई कस्तो  खालको स्कुलिङ दिइरहेको छ ?

हामीहरु स्कुलिङ भन्दा पनि निर्देशन जारी गर्छौ, निर्देशन गरेर हामी सर्व साधारण प्रति विश्वास जगाउने काम गर्छौँ जस्तो उदाहरणको लागी मान्नुहोस अहिले तपाइसँग एक लाख रुपयाँ छ त्यो पैसा तपाइले मलाइ दिनुहुन्न तर, त्यो एक लाख रुपयाँ बैंकमा गएर राख्नुहुन्छ त्यसलाई सोध्नु  पनि हुन्न कि तेरो नाम केहो यो बैंकको ओनर को हो केही सोध्नुहुन्न हो त्यही विकास गर्न बैंकिङ प्रणाली प्रति सर्वसाधारणको बिश्वास जगाउनको लागी हामी काम गर्छौ त्यसका लागी चाही समग्र ऐन नियम कानुन निती निर्देशन दिने सबै कुरा त्यसैमा अडिएको छ । हामी सरकारको ऐन नियम अनुसार निर्देशन दिनेकाम गर्छौ ।

हाल नेपालमा भईरहेको बैंकिङ गतिबिधीलाई कसरी मोनीटेरिङ गर्ने योजना बनाउनुभएको छ ?

सर्वसाधारण जनताको बैंकिङ प्रणाली प्रतिको विश्वास कायम राख्ने अथवा विश्वास बढाउदैँ जाने कामहरु के के गर्दा उपयुक्त हुन्छ हामी त्यो गर्दै जाने हो ।

नेपाल राष्ट्र बैंकको क्षेत्रमा देखापरेका समस्यालाई कस्तो शिक्षाको आवश्यकता छ जस्तो लाग्छ ?

एउटा कुरा सर्बसाधारणलाई पैसा घरमा नराख्ने बैंकमा राख्ने, पैसा राम्री चलाउने पैसामा नकोर्ने नच्यात्ने नभिजाउने नलेख्ने त्यो गर्न आवश्यक छैन् । सबै सर्वसाधारणले जनताहरुले आफ्नो बैंक खाता खोल्ने आफ्ना छोरा छोरीको पनि बैंक खाता खोल्ने अनि सबैले आफ्नो आम्दानीको केही प्रतिशत बैंकमा राख्ने त्यतिकाम गर्दिनुहोस् भन्ने मा हामी लागी रहेका छौँ र यति गर्दिनुभयो हाम्रा समस्या पनि केही हुन्छन् जनमानसमा यो शिक्षा पुग्न जरुरी छ ।

नेपाल राष्ट्रबैंकको स्कुलिङबाट नेपालका हरेक बैंकहरुको प्लान, भिजन, मिसन र रणनीतिकरु के कस्ता छन् ?

आर्थिक बृद्धि वित्तिय अनुशासन, सबै सर्वसाधारणलाई बैंकिङ पहुँचमा पुर्याउने यीनै कुराहरु हामीले जे गर्छौ त्यो काम बंैक तथा वित्तिय संस्था मार्फत नै गर्दिनु भन्ने हो ।

वैंकिङ स्कुलिङ र बैंकिङ लगानीबाट उपभोक्ताहरुमा के कस्ता सम्बन्ध रहेको छ ?

उपभोक्ता र वैंकको बिचमा त सधै राम्रो सम्बन्ध रहेको हुन्छ । पैसा नतिर्नेहरुलाई मात्र बैंकले कारबाही गर्ने हो । नत्र बैंकको काम भनेको सर्वसाधारणलाई सुविधानै दिने हो र उपभोक्ताको आर्थिक जीवनस्तरलाई वृद्धि गर्न हामी लागि रहेका छौं । त्यसैले वैंक र उपभोक्ताविच सधै राम्रो सम्बन्ध रहेको हुन्छ ।

More news

Comments

comments