शिक्षाप्रतिको दृष्टिकोणमा परिवर्तन नआउँदा सम्म जतिसुकै राम्रो शिक्षा नीतिले पनि परिणाममा सुधार ल्याउन सक्दैन : केएमसी प्राचार्य डा. नगेन्द्र अर्याल

काठमाडाैँ । कक्षा ११ र १२ का बिद्यार्थीहरूलाइ बिगत १९ वर्षदेखी निरन्तर गुणस्तरिय शिक्षा प्रदान गर्दै नेपालकै एक उत्कृष्ट विद्यालय बन्न सफल काठमाडैँ मोडल मा बि ले विद्यार्थीहरूलाइ कसरी गुणस्तरिय शिक्षा प्रदान गरिरहेको छ ? सरकारले कस्तो शिक्षा नीति ल्याउदाँ समग्र शिक्षा क्षेत्रमा देखिएका समस्याको समाधान होला ? भन्ने बिषयमा काठमाडाैँ मोडल  मा. बिका प्राचार्य डा नगेन्द्र अर्यालसँग शिक्षा संसारका गरेको संक्षिप्त कुराकानीको शाराशं

१ तपाइको विद्यालय कसरी अगाडि बढिरहेको छ ?

सन् २००० मा ६० जना विद्यार्थीसहित शरू गरिएको काठमाडाैँ मोडल उच्च मा वि विभिन्न आरोह अबरोह पार गर्दै हाल करिब ३४ सय विद्यार्थीलाइ अध्ययन अध्यापन गरान सक्ने बिद्यालयको रूपमा विकास भएको छ ।

विद्यालयको प्रगतीको श्रेय मुलत : मेहनती विद्यार्थी, अनुभवी र परिपश्रमी शिक्षकहरू, शिक्षा प्रेमी विद्यालय संचालकहरू र हामीले प्रदान गरेको गुणस्तरीय शिक्षालाइ जान्छ । राष्ट्रको उत्कृष्ट विद्यालयको रूपमा घोषित हाम्रो विद्यालयको यी उपलब्धीलाइ जोगाउदै अझ थप गुणस्तरीय शिक्षा प्रदान गर्दै राष्ट्रलाइ योगदान गर्ने गहन चिन्ताक साथ हामी अघि बढिरहेका छाैँ।

यसका लागी बिशेष गरी विद्यार्थी केन्द्रीत शिक्षणबिधी र क्रियाकलापहरूमा लागि परेका छै। देशभरिका विभिन्न ठाँउबाट आउने बिद्यार्थीहरूको व्यक्तीगत क्षमता भुगोल सँस्कृती बर्गीय स्थीती सबैको पहिचान गरी सो अनुसार उत्प्रेरणा जगाइ बिषयगत ज्ञान दिनु हाम्रो प्रमुख बिशेषता बनेको छ ।

२ विद्यार्थी मैत्री वातावरण निर्माण गर्नको लागि के गर्नुभएको छ ?

विद्यार्थी मैत्री भन्ने शव्दावलीलाइ व्याख्या गर्दा धेरै कुरा आउन सक्छन किन कि यस विषयले धेरै कुराहरूलाइ समेट्छ । मेरो बुझाइ के हो भने हरेक शैक्षिक संस्थामा हुने वातावपरण विद्यार्थी मैत्री हुन्छ र हुनु पर्छ किन कि विद्यालयको केन्द्र भागमा विद्यार्थी रहन्छन् । बिद्यार्थीलाइ गाली गर्न शारिरिक तथा मानसिक यातना दिने लगाएका क्रियाकलापलाइ इंकित गर्न खोज्नु भएको हो । भने हामीले हाम्रा विद्यार्थीलाइ त्यस्ता व्यबाहर गर्दैनोँ  ।

कम्तिमा पालना गर्नुपर्ने अनुसाशनका नियमहरू सिकाउँछाैँ र ती नियमहरूमा बिद्यार्थीहरूलाइ अभ्यस्त गराउने गरेकाछाैँ हाम्रा विद्यार्थीहरू आफैँमा अनुसाशित छन् जसले गर्दा नै केएमसी अनुसाशनको प्रर्याबाची बनेका छन् ।

३ विद्यालयको शैक्षिक गतिबिधिलाइ अझ क्रियाशिल बनाउन थप के के गर्नुभएको छ ?

केएमसीमा पढाइ मात्रै हुन्छ अन्य अतिरिक्त क्रियाकलापहरू हुदैहन् भन्ने यदाकदा सुनिन्छ । जसमा सत्यता छैन् । विद्यार्थीको सम्पुर्ण विकासका लागी हामी हरतवरले लागि रहेका छाैँ । विद्यार्थीका रूची अनुसार साहित्य तर्फका विभिन्न क्रियाकलापहरू, खेलकुदहरू, मनोरञ्जन,अनुसन्धान तथा प्रकाश सँग सम्बन्धीत धेरै क्रियाकलाहरूमा उनीहरूलाइ सहभागी गराउदै आएका छो

र यो क्रम बढ्दै छ तथापी हाम्रो परिजार समाजको दृश्टिकोण अलि फरक छ । विद्यार्थीले कति जीपिए सहित कुन ग्रेडमा उर्तिण गर्यो भनेर सोध्न र उसको क्षमतालाइ जीपिए र ग्रेटको कसीमा राखेर हेर्ने चलन छ । कति सिक्य्रो अतिरिक्त क्रियाकलापहरूमा कति सहभागी भयो वा कति वटा प्रतिस्पर्धाहरूमा पुरस्कार प्राप्त गर्यो भनेर सोधिदैन तसर्थ फेरीपनि विद्यार्थीको बोर्ड परिक्षाको नतिजालाइ क्रन्द्रभागमा राखेरै यस्ता अतिरिक्त क्रियाकलापहरू गराउदै जानु हाम्रो सिमा हो ।

४ शिपमुलक शिक्षा दिने भन्दा पनि सैदान्तिक शिक्षा दिने हाम्रो जुन व्यबस्था छ जसले गर्दा पढिसकेपछि के गर्ने भन्ने अन्योलमा पर्छन्, त्यस समस्यालाइ सामधान गर्न तपाइले विद्यार्थीलाइ शिपमुलक शिक्षा दिन अन्यकुनै त्यस्तो व्यबस्था गर्नुभएको छ ?

यो प्रश्न सुन्दा सामान्य खालको लागेपनि यसले इंकित गरेको विषय बस्तुमाथि राष्ट व्यापी बहस जरूरी छ । हामी तत्कालीन उच्च माध्यामिक परिषद र हालको राष्ट्रिय परिक्षा बोर्ड अन्तरगत संचालित संस्थागत विद्यालयमा पर्दछाैँ बोर्डले व्यबस्था गरेको पाठ्यक्रम शैक्षिक प्रणालिहरू अन्तरगत बाँधिएका छाैँ अहिलेको विद्यमान शैक्षिक प्रणालिले मुलत : सैदान्तिक शिक्षा नै प्रदान गर्दछ हामी पनि त्यसै गर्न बाध्य छाैँ । तथापी हामीले दिने शिक्षाको व्यवाहारिक उपयोग कुन कुन क्षेत्रमा हुन्छ र कसरी हुन्छ भन्ने बारे हाम्रा विद्यार्थीहरूलाइ बाटो देखाइदिन्छाैँ ।

त्यसै अनुसार हाम्रा थुप्रै विद्यार्थीहरू एमबिबिएस, इन्जिनेरिङ, कृषि, वन बिज्ञान, चार्टर्ड एकाउन्टेन्सी लगाएतका बिद्याहरूमा प्रवेश गर्दै आफ्नो शिप र क्षमतामा बिशिष्टता प्राप्त गरिरहेका छन् । समग्रमा भन्नुपर्दा यो विषयबारे राज्यको बिशेष ध्यान जानु आवश्यक छ तर पनि सक्दो प्रयास केएमसीले गर्दै आएको छ ।

५ बिद्यालयका योजनारहरू के के छन् ?

विद्यालयले प्रदान गर्दै आइरकेको गुणस्तरीय शीक्षालाइ अझ थप प्रभावकारी बनाउँदै जाने र यसमा अध्ययन गर्नचाहनेहरूका लागी प्रतिस्पर्धा मार्पत सहज पहुच बनाउने गरी योजना बनाउँदै छाैँ ।

गतवर्षमात्रै करिब १५ हजार विद्यार्थीहरूले कक्षा ११ मा भर्ना पाउनका लागि प्रवेश परिक्षा दिएका थिए तर हाम्रो क्षमता करिब १७ सय जनाको लागी मात्र थियो हाम्रो गुणस्तरमा असर नपर्ने गरी यो क्षमता वृद्रि गराउने तर्फ अघिबढिरहेका छाैँ

२०७५ सालको कक्षा ११ मा जीपिए ४ सहित हाम्रो बिद्यार्थी बोर्ड प्रथम भएका थिए भने कक्षा १२ ५ जना विद्यार्थीहरू ३.९५ जीपिए सहित बोर्ड प्रथम भएका थिए । उत्कृष्ट नतिजाकासाथ  यस्ता उपलब्धिहरूलाइ निरन्तरता दिदै गुणस्तरिए शिक्षा प्रदान गर्ने हाम्रो यात्रा अघि बढिरहने छ ।

६ पछिल्लो समय धेरै कलेजहरका छन् तर पनि अभिभावकहरूले आफ्ना बालबालिकालाइ केएमसी कलेजमा नै किन भर्ना गर्ने ?

कक्षा ११ र १२ को अध्ययन अध्यापन गराउन विद्यालयहरू देशभर छन् । सत्य हो अभिभावक तथा बिद्यार्थीको चाहना र रोजाइ अनुसार जुन सुकै बिद्यालयमा पढान सक्नुहुन्छ । केएमसीको बारेमा मैले बिभिन्न बिशेषण सहित बोलिरहनु आवश्य ठान्दिन् किन कि केएमसीको १९ वर्षीय यात्रा र यसका उपलब्धीहरू आफै बोलिरहेका छन् ।

२०७३ सालमा देशभरिकै उत्कृष्ट विद्यालयको रूपमा शिक्षा मन्त्रालयले केएमसीलाइ पुरस्कृत गरिसकेको छ । राष्टिय परिक्षा बोर्डको प्रत्येक बर्षको नतिजामा केएमसीका बिद्यार्थीहरूले हासिल गरेको विशिष्ट सफलता तथा एमबिबिएस,इन्जिनेरिङ, कृषि, बन विज्ञान सिए लगाएतका बिभिन्न क्षेत्रमा पुर्ण छात्रवृतिसहित केएमसीका विद्यार्थीहरूको ठुलो उपस्थीति एवम् सफलताले केएमसीमा प्रदान गरिने गुणस्तरीय शिक्षाको बिशेषता छर्लाङ्ग पारेका छन् ।

तसर्थ बिद्यार्थी मैत्री वातवरणमा उत्कृष्ट र गुणस्तरिए शिक्षा प्रदान गर्ने केएमसी कलेज अभिभावक र विद्यार्थी दुबैको प्रथम रोजाइ बनेको छ र बनिरहने छ भन्ने कुरामा बिश्वस्त छु । बिज्ञान, व्यबस्थापन, मानविकी र कानुन संकाय गरी चार बिषयमा अध्ययन अध्यापन गराइने केएमसी कले बागबजार बिद्यार्थीको सर्वाङ्गीन विकास गर्दै उनीहरूको सुन्दर भविष्य सुनिश्चित पार्ने संकलप्कासाथ अघिबढिरहने छ ।

 

 

 

Comments

comments