सञ्चारगृह सरकारप्रति होइन जनताप्रति उत्तरदायी बन्नुपर्छ : सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटा

काठमाडौँ, २० बैशाख । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले प्रेसमाथि अङ्कुश लगाउने सरकारको कुनै पनि योजना नरहेको स्पष्ट पारेका छन् ।

१६औं अन्तर्राष्ट्रिय प्रेस स्वतन्त्रता दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले समाचार लेखेको भरमा पत्रकार पीडित बन्नुपर्ने अवस्थाको अन्त्य गर्ने बताए ।

सञ्चारगृह कसैको अभिष्ट पूरा गर्ने थलो भन्न नहुने बताउँदै मन्त्री बाँस्कोटाले सञ्चारगृह सरकारप्रति होइन जनताप्रति उत्तरदायी बन्नुपर्ने बताए ।

सबै सञ्चार गृहमा न्यूनतम पारिश्रमिक लागू गराएरै छोड्ने प्रतिबद्धता उनकाे छ । मन्त्री बाँस्काेटाले आगामी वर्ष नेपाली पत्रकारिता क्षेत्र सुरक्षा र सम्मानको वर्ष हुने बताए ।

सो अवसरमा महासङ्घले महासङ्घका पूर्व अध्यक्ष धर्मेन्द्र झा, वरिष्ठ पत्रकारद्वय गोपाल गुरागाईं र सङ्गीता लामालाई ‘प्रेस स्वतन्त्रता सेनानी सम्मान’ प्रदान गरिएको थियो ।

Comments

comments