कस्तो कलेज छनोट र किन ? ( भाग-३ )

काठमाडौँ । काठमाडौँको भृकुटिमण्डप स्थित प्रदर्शनी मार्गमा भएको शिक्षा मेलामा काठमाडौँ उपत्यका भित्रका धेरै स्कुल तथा कलेजहरुको सहभागी रहेको थियो । ती कलेज तथा स्कुलका पदाधिकारीहरुलाई शिक्षा संसारका संवाददाता अर्जुन आचार्यले विद्यार्थीले तपाईकै कलेज तथा स्कुल किन रोज्ने ? तथा आगामी योजनाहरु के रहेका छन् ? भन्ने प्रश्नमा त्यहाँ सहभागी मध्य केही कलेजहरुले दिएको जवाफको सारांश :

 आई ७ प्रोसेसरबाट पढाई

रविन थापा मगर ,सिनियर एडमिसन अफ मार्केटिङ अफिसर ,नामी कलेज

समग्रमा नामि कलेजको बारेमा भन्नु पर्दा इन्टरनेशनल डिग्री नेपाली विद्यार्थीहरुले नेपालमै बसेर पाउनेछन् । हामी कहाँ ए लेभल पनि छ जो चाँहि क्याम्ब्रिज युनिर्भसिटिले गर्छ । अहिले हालसालै प्लस टु पनि आयो । त्यो सँगसँगै हाम्रो ब्याच्लरमा पनि पाचँवटा कार्यक्रमहरु छन् । हामी ब्रिटिस विश्वविद्यालयसँग पार्टनरसिपमा रहेका छौ । अन्र्तराष्ट्रिय डिग्रीमा अहिलेको करिकुलम  धेरै फरक हुन्छ । विद्यार्थीहरुले धेरै ध्यान चाँही प्रयाक्टिकलमा पाउँछन् । यहाँको प्रयाक्टिकल धेरै फोकस थेयोरिमा हुन्छ । तर हाम्रो अन्र्तराष्ट्रिय डिग्रीमा भने रिसर्च मुलक हुन्छ ।

हाम्रो कलेज ३७ रोपनिमा फैलिएको छ । हाम्रो कलेजको विषेशता फ्यासिलिटि चाहि हाम्रा विद्यार्थिहरु कलेज परिसर भित्र आईसकेपछि जथाभावि बाहिर जान पाउदैनन् । अर्काे भनेको विद्यार्थीहरुलाई चाहिने सामाग्री हो । हामीसँग आईटिको म्याक ल्याबहरु छ । यो अहिलेसम्मकै एडभान्स ल्याब हो । आई सेभेन प्रोसेसरहरुबाट पढाई हुन्छ । सफ्टवर्य ईन्जिनियरिङ, नेटवर्क ईन्जिनियरिङका विद्यार्थीहरुलाई  छुट्टै ल्याबहरु उपलब्ध गराएका छौ । हामीसँग छ वटा आईटि ल्याबहरु  रहेका छन् । हाम्रो कलेजमा अहिले आईवएम देखि आईएलटिएस्को भेन्यु प्रदान गरिरहेका छौ । जुन ब्रिटिस काउन्सिलले लिन्छ ।

विद्यार्थीहरुलाई गाली गरेर डर देखाएर, धमक्याएर पढाउने जमाना होईन

महेश श्रेष्ठ, क्याम्पस पुन्रमुख, कामना ईन्टरनेशनल कलेज

अहिले काठमाडौँमा असंख्य कलेजहरु भएकाले विद्यार्थीहरुलाई कुन कलेज रोज्ने भन्ने हुन्छ । पहिलो कुरा विद्यार्थीले आफुलाई मनलागेको विषय रोज्ने हो । अरुले भने अनुसारको पढ्ने  होइन । विद्यार्थीहरु आईसकेपछि कलेजले दिने वातावरण र  पढाउने कार्स, किताब एउटै हो । शिक्षकहरु पनि लगभग एउटै हुन्छन् । फरक भनेको पढाउने तरिका हो । विद्यार्थिहरुलाई के पढाउने भन्दा पनि कसरि पढाउने र विद्यार्थीहरुलाई कसरि मोटिभेट गर्ने भन्ने हो । हामी अरु कलेज भन्दा किन फरक हुन चाहान्छौ र किन छौ भन्दा पहिलो कुरा हामीले विद्यार्थीहरुलाइ फोकस गर्दा विद्याथीकोमनोभावना बुझेर, उनिहरुलाई मोटिभेट गर्ने गर्दछौ । आजभोलिको जमानामा विद्यार्थीहरुलाई गाली गरेर डर देखाएर, धमक्याएर पढाउने जमाना होईन । विद्यार्थीहरुलाई पोजिटिभ मोटिभेसन गरेर , उसले कसरि पढ्न चाहन्छ भन्ने कुरा बुझेर पढाउनुपर्छ जुन हामीले गर्दे आईरहेकाछौ ।

विद्यार्थी, शिक्षक र कलेज टिमबिच पारिवारिक वातावरण हनुपर्छ । विद्यार्थीहरुलाई पनि नबुझेको कुरा ढुक्क्सँग सोध्नसक्ने वातावरण सिर्जना गरिदिन पर्छ । हामीले विद्यार्थीहरुलाई प्रेजेन्टेसन दिएर पढाउने गर्दछौ । यसो गर्दा विद्यार्थीहरुमा कन्फिडेन्ट लेभल पनि बढ्ने गर्दछ । यहाँ पढ्न आउने विद्यार्थीहरु आधिकांस बाहिरि जिल्लाहरुबाट आउनुभएको हुन्छ । विद्यार्थीहरुले पनि आमाबुबाले गरेको दुखलाई हेर्दे त्यही अनुसारको पढ्ने हो । गुणस्तरिय शिक्षा सुलभ शूल्कमै पढ्न पाईन्छ भने किन पैसा खेर फाल्ने । ठूलो घरहरु देख्दैमा अन्य कुराहरु देख्दैमा धेरै पैसा तिरेर त्यही पढ्नुपर्छ भन्ने छैन । पढाई सिध्याएर बाहिर आउदा विद्यार्थीले त्योे कलेजको भवन अथवा अन्य कुरा लिएर निस्किने होइन । विद्यार्थीले आफूले पढेको र बुझको ज्ञान र सिप लिएर निस्कने हो ।

डिजिटल तरिकाबाट अध्ययन गराउने योजनामा छौ

 

राजन अधिकारि, कार्यक्रम निर्देशक, कलेज अफ सेन्ट्रल स्टेट

हाम्रो कलेज १९९८ मा स्थापना भएको हो । प्लस टु अन्र्तगत हाम्रो कलेजमा सबै विषयहरु छ । त्यस्तै ब्याच्लर लेभलमा बिसिए,बिएसडब्लु, बिए, बिबिएस जस्ता कार्यक्रमहरु छ र मास्टर लेभलमा एमबिबिएस सञ्चालनमा छ । अहिले हामीसँग साईन्स, ल, बिसिए र बिएसडब्लु तर्फ  राम्रोे शिक्षा  दिदै आएका छौ । त्यस्तै विद्यार्थीहरु  एकदमै गर्व गर्न लाएकका छन्। अहिले हामीले फरक ढङ्गबाट साईन्स विषय सञ्चालन गरौ भनेर स्यामसङ कम्पनिसँग एग्रीमेन्ट गरेका छौ । हामीले नेपालमै पहिलो पटक डिजिटल तरिकाबाट अध्ययन गराउने योजनामा छौ ।

हामीसँग सबै विषयका लागी विद्यार्थीहरुलाई चाहिने प्रविधि, शिक्षक र विभिन्न सामाग्रीहरु छ । हामीले विद्यार्थीहरुलाई पढाइका साथसाथै सिकाइका लागी धेरै फिल्डहरु प्रदान गर्दे आइरहेका छौ ।

नेपालको माटो सुहाउदो शिक्षा ल्याउन आवश्यक छ

दिल बहादुर बुढाथोकी, सह प्रधानाध्यापक, एन्जल्स हर्ट कलेज

अन्य कलेज भन्दा हाम्रो हलेज के फरक छ भन्दा विद्यार्थीहरुलाई किताबको कुरा रटाउन बाहेक हामीले विभिन्न प्रकारका अन्य क्रियाकलापहरुमा विषेश जोड दिने गरेका छौ । हामीले विद्यार्थीहरुलाई अन्य कार्य, खेलकुदहरुमा सामेल गराउने गर्दछौ । हाम्रो छुट्टै एन्जल्स हाउस भन्ने स्पार्ट एकेडेमि पनि छ । जस अन्र्तगत विभिन्न खेलकुदहरुको आयोजना हुन्छ । यो करिब २२ रोपनि जग्गामा फैलिएको छ । हामीले पढाई लेखाईका साथसाथै खेल र अन्य क्रियाकलापलाई अगाडि बढाएका छौ ।

कुनै पनि एउटा शिक्षालाई सञ्चालन गरिरहने व्यक्ति, समुह, समितिले विश्वविद्यालयसँग जाने भन्ने कुरा सबैले गर्दछन् । हाम्रो अहिले ब्याच्लर लेभलमा बिबिए, बिए, बिएस, बिसिए कोर्सहरु चलिरहेको छ । हामीले नेपालको माटो सुहाउँदो कसरि यसलाई व्यवहारिक जीवनोपयागी र नैतिकवान बनाउन सकिन्छ भनेर व्यवहारिक रुपमा लागेका छौ । हाम्रो योजना भनेकै व्यवहापरिक शिक्षा कसरि बनाउन र लिन सकिन्छ भन्ने हो । यो संस्थालाई ठुलो रुप दिने विषयमा चाहि हामीले एन्जल्स हर्ट एडुकेशन फाउन्डेसन अनुसार ४ वटा विद्यालयहरु सञ्चालनमा लिएका छौ ।
हामीले विद्यालय र कलेजलाई एक लेभल सम्म ल्याएका छौ । तर अझै शिक्षालाई कसरि गुणस्तरिय बनाउन सकिन्छ नेपालको माटो सुहाउदो भन्ने हो । तर विदेशको शिक्षालाई यहाँ लिएर आउन भन्ने विषय पनि व्यवहारिक हुदैन । उनिहरुको शिक्षा हामी भन्दा ५० वर्ष अगाडि पुगीसकेको छ त्यसैले त्यहाँको शिक्षा यहाँ ल्याउदा बिचमा धेरै खालि रहन्छ । त्यसैले हाम्रो नेपालकै माटोलाई सुहाउने शिक्षा कसरि लिन सकिन्छ भन्नेमा हामी आफैले पनि अध्ययन गरिरहेका छौ ।

Comments

comments