असल शिक्षकका विशेषता

शिक्षक बन्न जति सजिलो छ , असल शिक्षक बन्न त्यतिनै कठिन छ । एउटा शिक्षक शैक्षिक योग्यताले मात्र पनि बन्न सक्छ । असल शिक्षक बन्न धेरै गुण आवश्यकता हुन्छ । हामीले यहाँ असल शिक्षकका त्यस्ता केही गुणहरु उल्लेख गरेका छौ ।

१. शिक्षकनै समाजका वौद्धिक व्यक्तित्व हुन् । शिक्षकलाइृ आदर्श र प्रेरणाका सा्रेतको रुपमा लिइन्छ । तसर्थ शिक्ष्क बन्दा उच्च श्रेणीका अब्बल मानिएका व्यक्तिहरुलाई छनोट गर्ने प्रक्रियालाई अबलम्बन गर्नुपर्छ । शिक्षक जहिले पनि पठनशिल हुनुपर्छ ।

२. डिजिटल प्रविधिले ओगटेको वर्तमान बजारमा पुस्तकालयको भने कम महत्व मान्न सकिदैन । विद्यालयको पुस्तकालयबाट शिक्षक, विद्यार्थी दुवैले लाभ उठाउन सक्छन् । तर विगतमा जस्तो पुस्तकालय खोल्ने लहर कम्जोर बन्दै गएपछि पठनिय संस्कृतिमा ह्रास आएको छ । तर बिना पठनिष्य संस्कृति शैक्षिक गुणस्तरको कल्पना गर्न सकिदैन ।

३. एउटा कुण्ठित र उदासिन शिक्षकबाट अपेक्षित सुधारको आशा गर्न सकिदैन । राष्ट र समाजको समृद्धिका लागी पनि गुणस्तरिय शिक्षा चाहिन्छ । यसर्थ राष्टिय शिक्षा निती निमार्ण गर्दा मुलुकको विविधता र समयको आवश्यकतालाई ख्याल गर्नुपर्छ । वर्तमान समय र प्रविधिमा आएको परिवर्तनलाई आत्मसाथ गर्न सक्ने शिक्षा निती र्तुमा गर्नु आजको राष्टिय दायित्व हो । विद्यामान शिक्षा नितीमा टेकि स्थायी प्रकृतिको राष्टिय शिक्षा निती आयोग बनाउने र यसै आयोगद्वारा प्रभावकालि परिचालन गरि शिक्षा निती निर्माण कार्यन्वयन गर्नमा जोड दिने भनेपनि हालसम्म खासै केहि हुन सकेको छैन । यस आयोगले सुविधाअनुरुप राष्टिय, पा्रन्तिय र स्थानीय तह अनुरुपको समयसापेक्ष ढंगले शिक्षा निती निर्माण गरि लक्ष्य निर्धारण गरिनुपर्छ ।

४. नेपालको संविधान २०७२ले विद्यालय शिक्षालाई स्थानीय सरकारको दायित्वमा राखिएको छ । संविधान लागू भएको धेरै समय बितिसक्दा पनि शिक्षा केन्दिय निकायकै नियन्त्रणमा सञ्चालण भएको छ । स्थानीय चुनाव सम्पन्न भईसकेपछि पनि निर्वाचित स्थानीय प्रतिनिधिले संविधानले तोके मुताविकको अधिकार उपयोग गर्न नपाउदा अरु अन्योल स्थिति उत्पन्न हुन सक्छ । यो स्थिति उत्पन्न हुनमा वर्तमान अवस्था मात्र जिम्मेवार नभएर विगत देखिका कमिकम्जोरी जटिलताबाट ेचिलु बन्न पुगेको छ ।

५. विद्यालयमा राम्रा शिक्षक भए भने तिनबाट अभिभावकको भूमिका पनि निर्वाह हुन सक्छ । अहिले कतिपय ठाउँमा शिक्षक र अभिभावक दुवै एकअर्कालाई दाष्ी देखाउन खोजी आफ्नो कम्जोरि लुकाउँछन् । सबैका बिच आपसी अन्तक्रिया छलफल र विमर्श आदिका माध्यमबाट सहि कुरा पत्ता लगाई मिलिजुलि समाधानको बाटो पहिल्याउनुनै सबैको ध्यान जान जरुरी छ ।
६. विद्यार्थीको स साना दोष केलाएर गलत साबित गराउने प्रक्रियामा सुधार आउन सरुरी छ । अबका विद्याथीृमा कम्जोर पक्ष कोट्याएर होइन सबल पक्ष देखाएर कुरा गर्नुपर्छ । तिमी ज्ञानी छौ , बुद्धिमान छौ , तिमीलाई पढ्नुपर्छ भनेर हौसाएर पढाउनुपर्छ ।

Comments

comments