विद्यालयलाई छात्रामैत्री विद्यालयको रुपमा परिचित गराउँन सीप विकाश गर्नुपर्ने

दंगीशरण ,१४ बैशाख । छात्राहरुको समस्यालाई मध्यनजर गर्दै बिद्यालयलाई छात्रामैत्री बिद्यालयको रुपमा परिचित गराउँन कक्षा कोठामै छात्राहरुलाई नेतृत्व गर्न सक्ने सीपको विकाश गर्नुपर्ने एक कार्यक्रममा बोल्ने बक्ताहरुले बताएका छन् ।

सम्पूर्ण सामुदायिक बिद्यालयहरु छात्रामैत्री हुनुका लागि ६ कक्षा देखि माथील्लो तहका छात्राहरुका लगि छुट्टै शौचालयको ब्यवस्था, महिनावारीका सयममा सहजताका लागि प्याडको ब्यवस्था, महिनावारी स्वच्छता ब्यवस्था , छात्रामैत्री अतीरीक्त क्रियाकलाप जस्ता कुराहरुमा बिद्यालयमा हुनुपर्ने उनीहरुले बताएका हुन् ।

दंगीशरण गाउँपालिकामा आज शुक्रबार समपन्न भएको छात्रामैत्री विद्यालय सुधार योजना अद्यावधिक अभिमुखीकरण कार्यक्रममा बोल्ने बक्ताहरुले यस्तो बताएका हुन् ।

साथै उनीहरुले मानव पूँजीको विकाश बिद्यालयमा गर्नुपर्ने धारणा राखे । कार्यक्रममा बिद्यालय ब्यवस्थापन समितीका अध्यक्ष यज्ञ बहादुर के.सीले सामुदायीक बिद्यालयहरु मर्ज हुने अवस्थामा पुगेको भन्दै शिक्षकहरु कर्तब्यनिष्ठ भएर कर्तव्य पालना गर्नुपर्ने बताए ।

उनले अव पनि शिक्षकहरु चिन्तीत नभएमा सामुदायीक बिद्यालयको हवीगती खस्केर जाने बताए । यस्तै प्राथमिक बिद्यालय कौवाघारीका प्रद्यानाध्यापक लक्ष्मण देवकोटाले बिद्यालयलाई अझ राम्रो बनाउँन स्थानीय तहले आर्थीक पाटोबाट सहयोग गर्नुपर्ने बताए ।

उनले बिद्यालयमा अनीवार्य रुपमा स्मार्ट क्लास दिवा खाजा ब्यवस्थापन,स्वच्छ खानेपानीको ,शिक्षक तालीम योजना हुनुपर्ने कुरामा जोड दिए । कार्यक्रममा गाउँपालिकाका शिक्षा शाखा प्रमूख विनोद अधिकारीले सामुदायीक बिद्यालयले बिद्यालयको पृष्ठभूमी,भौगोलीक अवस्था, सेवा क्षेत्र , शिक्षक तथा बिद्यार्थी विवरण, शिक्षण सिकाई उपलब्धि , शिक्षक हाजीरी, औषत आम्दानीनी खर्च,प्राथमिक्तायूक्र योजना, सम्पती विवरण,बिद्यालय सुधार योजना जस्ता कुराहरुले बिद्यालयले फेरीरहनुपर्ने बताए ।

बिद्यालयका योजनाहरुमा बिद्यार्थी भर्ना अभियान छुटाउँनै नहुने योजना रहेको भन्दै आधिकारीक योजनाहरु लीपीबद्ध तरीकाले राख्नु नै बिद्यालय सुधार योजना रहेको बताए । बिद्यालयले योजना बनाउँदा वित्तीय, संगठन, जिम्मेवार र भौतीक अवस्थालाई बिशेष प्राथमिक्तामा राख्नुपर्ने बताउँनुभयो ।

यसका साथै बिधार्थीहरुलाई शिक्षण सिकाई क्रियाकलाप गराउँदा उनीहरुको प्रकृती स्मार्ट, नम्वर स्मार्ट,सांगीतीक स्मार्ट र बौद्धिक स्मार्ट लाई बुझेर शिक्षण गराउँनुपर्ने उनको भनाई थियो ।

बिधार्थीको क्षमता अनुशार शिक्षण सिकाई क्रियाकलाप अगाडि बढाउँनुपर्ने भन्दै बालबालीकालाई पढाई भन्दा अतीरीक्त क्रियाकलापमा संलग्न गराउँनुपर्ने कुरामा जोड दिए । आई.एम नेपालको सहयोग तथा सिड सस्ंथाको आयोजनामा कार्यक्रम भएको हो ।

सिड सस्ंथाका कार्यकारी निर्देशक भागीराम चौधरीको अध्यक्षता एंव गाउँपालिकाका अध्यक्ष भागिराम चौधरीको प्रमूख आतीथ्यता तथा गाउँपालिकाका प्रमूख प्रशासकिय अधिकृत चन्द्रकान्त पौडेलको बिशीष्ट आतीथ्यतामा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको हो । सुमन चौधरीको स्वागत मन्तव्य बाट शुरु भएको कार्यक्रमको शहजीकरण सिडका कार्यक्रम सयोंजक माधव चौधरीले गरेका थिए ।

Comments

comments