समुदायमा दिगो शान्ति स्थापना गर्न शान्ति सम्वन्धि कृयाकलाप आवश्यक

कुसारी,१४ वैशाख। समुदायमा दिगो शान्ति स्थापना गर्न शान्ति सम्वन्धि कृयाकलाप आवश्यक भएको सरोकारवालाले जोड दिएका छन् ।

समुदायमा विभिद र हिंसाका रुप परिवर्तन भैरहने भएको हुदा शान्तिका कृयाकलापमा परिवर्तन भए पनि निरन्तर रहन आबश्यक भएको उनिहरुले वताएका छन् ।

नेपाल महिला सामुदायिक सेवा केन्द्र घोराही र नागरिक आवाज ललितपुरको साझेदारीमा शुक्रवार गोल्टाकुरीमा भएको अन्तरकृया कार्यक्रमका सरोकारवालाले सि यम पि आर कार्यक्रम आवश्यक भएको वताएका थिए ।

कार्यक्रमलाई सम्वोधन गर्दै प्रमुख अथिति एंव दंगिशरण गाउपालिकाका अध्यक्ष भागिराम चौधरीले शान्तिकेन्द्र चलायमान वनाउनको लागि गाउपालिका वाट पहल गर्ने वताएका छन ।

कार्यक्रमका अध्यक्ष एंव शान्ति केन्द सञ्चालक समितिका संयोजक तुलसीराम देवकोटाले पनि शान्ति केन्द्रलाई वडाले निरन्तरता दिन पहल गर्ने वताएका छन ।

सेवा केन्द्रका अध्यक्ष कल्पना न्यौपानेको स्वागत मन्तव्य वाट सुरु भएको कार्यक्रममा नेकपाका डम्बर खत्री, वडा सदस्य नन्दराम केसी, समाजेवि तिलकबहादुर डागि, द्वन्द्व पीडित सीता वस्नेत, नगारिक आवाजका विष्णुमाया घर्ती, एन्जिला कोईराला लगाएतले बोलेका थिए । कार्यक्रममा सि यम पि आर कार्यक्रमका संयोजक वसन्त पोख्रेलले कृयाकलापका वारेमा जानकारी गराएका थिए ।

Comments

comments