कृषकहरुलाई अर्गानिक खेतीका बारेमा तालिम

घोराही ,१३ बैशाख। घोराही उपमहानगरपालिका वडा नम्बर ११ ले वडाका अगुवा कृषकहरुलाई अर्गानिक खेती गर्ने तरीकाका बारेमा तालिम दिएको छ ।

वडामा रहेका करिब ३० जना अगुवा कृषकहरुलाई अग्र्यानिक खेती गर्ने विषयमा तालिम दिएको हो ।

विभिन्न विषादीको भरमा उत्पादन हुने तरकारीले मानव स्वास्थ्यमा गम्भिर असर पर्ने गरेको भन्दै वडा कार्यालयले किसानहरुलाई अग्र्यानिक खेती कसरी गर्ने भन्ने बिषयमा कृषि बिज्ञहरुबाट प्रशिक्षित बनाएको हो ।

Comments

comments