लोकसेवा विशेष ३० प्रश्न उत्तर

1. नेपालमा पहिलो पर्वतिय खेलकुद महोत्सवको आयोजना कहिले गरिएको थियो ?

– वि.सं २०६९ फागुन १८ देखि चैत्र १८ सम्म

2. गायक फत्तेमान राज भण्डारीको निधन कहिले भएको थियो ?
– वि.सं २०७० भदौ २५ गते

3. एक गाउँ एक उत्पादन कार्यक्रमको शुरुवात कुन देशबाट भएको हो ?
– जापान

4. भारतका सम्राट अशोकले लडेको एकमात्र युद्ध कुन हो ?
– कलिङको युद्ध

5. इतिहासको बत्ती भनेर कुन देशलाई चिनिन्छ ?
– ग्रिस

6. नेपालका राष्ट्रिय विभूति अमरसिहं थापाको मृत्यु कुन ठाउँमा भएको थियो ?
– गोसाईकुण्ड

7. विश्व बन्यजन्तुकोषले नेपालका कसलाई बाघ संरक्षण सद्भावना दूत घोषणा गरेको छ ?
– राजेश हमाल

8. सरकारी कार्यालयमा १२ घण्टे सेवा कहिलेबाट सञ्चालन गर्न शुरुगरिएको हो ?
– वि.सं २०७१ पुस १ गते

10. नेपाल र चिन बीचको रसुवागढी नाका कहिलेबाट सञ्चालन गरिएको हो ?
– वि.सं २०७१ मंसिर १५ गते

11. नेपाल सरकारले मिति २०७१ मंसिर १६ गते ६१ थप नगरपालिका थपे सगैँ नगरपालिकाको कुल संख्या १९१ पुगेको छ भने कुल गाविस संख्या घटेर कतिमा झरेको छ ?
– ३२७६

12. नेपालको मौद्रिक निति कसले निर्धारण गर्छ?
उत्तर = नेपाल राष्ट्र बैंक

13. अपेक्षित वृद्धिदर र सामान्य वृद्धिदर भनी दुई प्रकारको लक्ष्य तय भएको आबधिक योजना कुन हो?
उत्तर = दसौं

14. राज्य केन्द्रीत अवधारणा बाट निजि क्षेत्र केन्द्रीत अवधारणातर्फ भएको प्रथम योजना कुन हो?
उत्तर = आठौं

15.“शिक्षा भावी जीवनको तयारी मात्र होइन यो त जीवन यापनको प्रकृया हो । ” यो भनाइ कसको हो ? (नमुना प्रश्न – विद्यालय निरिक्षक)
उत्तर = जोन डिवे

16.नेपाली भाषा सिकाउने प्रयोजनका लागि प्रकाशित गरिएको पहिलो पुस्तक कुन हो ? (नमुना प्रश्न – विद्यालय निरिक्षक)
उत्तर = अक्षरांक शिक्षा

17. तलका पाठ्यक्रमका अङहरुको ठीक क्रम कुन हो ?? (नमुना प्रश्न – विद्यालय निरिक्षक)
उत्तर = बिषयवस्तु, उद्देस्य, शिक्षण विधी र मुल्याङ्कन

18. तलका मध्य कुन बाजालाइ ‘ नगरा’ पनि भनिन्छ ?
उत्तर = दमाहा

19. स्वर्गमा स्थान सुरक्षित गर्नकालागी मर्नुभन्दा अगाडि गरिने दानपुजालाइ के भनिन्छ ?
उत्तर = वैतरनी

20. तलका मध्य कुन लक्ष्य डकार मन्चले घोषणा गरेको लक्ष्य भित्र समाबेश छैन ?? (नमुना प्रश्न – विद्यालय निरिक्षक)
उत्तर = मात्रिभाषाको माध्यमबाट आधारभुत तथा शिक्षामा सुधार

21. पोखरा विस्वबिद्यालयको
स्थापना कहिले भएको हो ?? (विनि/प्रास/नासु शिक्षासास्त्र)
उत्तर = २०५४

सामान्यज्ञान

1- नेपालमा ‘निजी वनजंगल राष्ट्रियकरण ऎन’ कहिले ल्याइएको हो?
– विस 2013
2- नेपालको संविधान २०१९ को मस्यौदा आयोग मा कति सदस्य रहेका थिए?
– ६ जना
3- भारतका राष्ट्रपिता भनेर कसलाइ चिनिन्छ ?
– माहात्मा गान्धी
4- कुन खातामा रकम जम्मा गर्दा ब्याज पाइदैन ?
– चल्ती खाता
5- नेपालमा धितोपत्र कारोबार कहिले देखि सुरु भएको हो?
– वि स 2050
6- जापानी भाषामा अनुबाद भएको पहिलो नेपाली कृति कुन हो?
– सेतो बाघ
7- “उ मरि अरे” नामक कृतिका रचनाकार सुवास सिङ हुन भने “उ मरेकी छैन” नामक कृतिका रचनाकार को हुन?
– बालकृष्ण सम
8- नेपालको पहिको आधुनिक बैंक कुन हो?
– नेपाल बैंक लिमिटेड
9- नेपाल प्रज्ञा प्रतिष्ठान बाट नेपाली बृहत शब्दकोष कहिले प्रकाशित भएको हो?
– वि स 2040
10- साहित्यमा कति रस हुन्छन् ?
– ९
11- हाल नेपालका कति जिल्ला सदरमुकाममा सडक यातायात पुगेको छ?
– 73 जिल्ला
12- ५०० किलोवाट को नेपालको पहिलो जलविद्युत परियोजना फर्पिङको जलविद्युत केन्द्र कुन जिल्लामा पर्दछ?
– ललितपुर

Comments

comments