अध्यक्षको कार्यकक्षमा लगाईएको ताला खुल्यो

 घोराही,२२ चैत। घोराही उपमहानगरपालिका वडा नम्बर १५ का अध्यक्षको कार्यकक्षमा लगाएको ताला जिल्ला समन्वय समिति दाङ आफैले खोलेको छ ।

समन्वय समितिको भवनमा आबस्यक समन्वय बिनै वडा अध्यक्षको कार्यकक्ष सञ्चालन गरेको भन्दै समन्वय समितिले केही दिन पहिले ताला लगाईदिएको थियो । प्रकृयागत ढंगबाट अघि बढ्ने र तत्कालका लागि अर्को व्यवस्था नभए सम्म वडा नम्बर १५ लाई उक्त कोठा प्रयोग गर्न दिने सहमति पछि समितिले ताला खोलेको हो ।

यस अघि सुरक्षित आप्रबासन सामी परियोजना सञ्चालन रहेका र उक्त परियोजना स्थानिय तहमा गएपछि समन्वय अधिकारी र उपमहानगरका प्रमुख प्रशासकिय अधिकृत बिचको मौखिक सहमतीमा वडा अध्यक्षको कार्यकक्ष सञ्चालन गर्न दिईएको भनिएको थियो ।

Comments

comments