बारा–पर्सा हावाहुरीः प्रधानमन्त्रीसहित उच्च अधिकारीद्धारा घाइतेसँग भेटघाट

वीरगन्ज ।
बारा तथा पर्साका हावाहुरीबाट पीडित भइ वीरगन्जका बिभिनन अस्पतालमा उपचाररत घाइतेहरुको प्रधानमन्त्री केपी शर्मा ओली सहित सरकारी उच्च अधिकारीहरुले सोमबार भेठटेका छन् ।
हेलिकोप्टरबाट बारा र पर्सा पुगेका उनले यहाँका अस्पतालमा उपचाररत घाइतेसँग भेट गरेका हुन् ।बाराको कलैया अस्पतालमा उपचाररत घाइतेलाई भेटेर प्रधानमन्त्री ओली वीरगञ्जस्थित नारायणी अस्पताल र नेशनल मेडिकल कलेजमा उपचाररत विरामीलाई भेट गरेका हुन् । प्रधानमन्त्री ओलीसँगै उपप्रधानमन्त्री उपेन्द्र यादव, गृहमन्त्री रामबहादुर थापा बादल, शहरी विकास मन्त्री मोहम्मद इस्तियाक राई, राजपा अध्यक्ष मण्डलका सदस्य महिन्द्र राय यादव पनि वीरगन्ज पुगेका थिए ।
प्रधानमन्त्री ओलीले हावाहुरीबाट बढी प्रभावित बाराको फेटा गाउँको भने हेलिकोप्टरबाट निरीक्षण गरेका छन् ।वीरगन्जमा घाइतेहरुको अवस्था बारे जानकारी लिएपछि राहत तथा उद्वारमा कुनै कमी हुन नदिन प्रधानमन्त्री ओलीले निर्देशन दिनुभएको छ । उहाँले यो महाबिपत्तीको बेलामा सबैले सहयोग गर्नुपर्नेमा पनि जोड दिनुभएको छ । बारामा हावाहुरीबाट घाइते भएका मध्ये दुईसय जनाको वीरगन्जकै बिभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

Comments

comments