विमानस्थल (टिआइए) द्वाराआन्तरिकतर्फ  ‘बेबी जोन’ संचालनमा

काठमाडौं ,११ चैत्र । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए)ले आन्तरिकतर्फ  ‘बेबी जोन’ संचालनमा ल्याएको छ। सुत्केरी आमा र बच्चालाई ध्यानमा राखेर बेबी जोन संचालनमा ल्याएको विमानस्थलका महाप्रवन्ध राजकुमार क्षेत्रीले बताए।   यसअघि विमानस्थलले अन्तर्राष्ट्रिय उडानतर्फ बेबी जोन सञ्चालन गरिसकेको छ ।

जहाजको पर्खाइमा रहदा बच्चालाई राख्न र दूध खुवाउनका लागि समस्या नहोस् भन्ने उद्देश्यका साथ विमानस्थलभित्रै बेबी जोन सञ्चालनमा ल्याइएको महाप्रबन्धक क्षेत्रीले बताए।  बेबी जोनभित्र बच्चालाई राख्न, सुताउन र खेलाउनका लागि विशेष ठाउँ बनाइएको छ।  हिमालय हर्बलको सहयोगमा विमानस्थलमा बेबी जोन स्थापना भएको हो ।

Comments

comments