साक्षरता अभियान नेपाल २०७५ अन्तर्गत १६ सय निरक्षरलाई साक्षर बनाइने

बाजुरा,५ चैत ।  बाजुराको हिमाली गाउँपालिकाले गाउँपालिकाभरिका निरक्षर व्यक्तिलाई यसै आर्थिक वर्षभित्र साक्षर बनाउने भएको छ । नेपाल सरकारको साक्षरता अभियान नेपाल २०७५ अन्तर्गत गाउँपालिकाभरिका १ हजार ५८८ जनालाई साक्षर बनाउने भएको हो ।

साक्षर नेपाल अभियान २०७५ अन्तर्गत प्रत्येक गाउँमा सहजकर्ता खटाई निरक्षरहरूलाई १२ वटा सूचकमा कम्तीमा सातवटा सूचक पूरा गर्नेगरी साक्षरता अभियान सुरु गर्न लागेको हो ।

सोमबार हिमाली गाउँपालिकाको केन्द्र धुलाचौरमा साक्षर अभियानका सहजकर्ताहरूलाई सामग्री हस्तान्तरण गर्दै गाउँपालिकाका अध्यक्ष गोविन्दबहादुर मल्लले गाउँपालिकाभरिका कसैलाई पनि निरक्षर नरहने गरी प्रत्येक टोलमा सहजकर्ता खटाई निरक्षरता उन्मूलन गर्ने अभियानमा आफूहरू

लागेको बताए । हामीले गरेका सानासाना कामबाट देशले ठूलो प्रगति गर्ने भन्दै अध्यक्ष मल्लले नेपाल सरकारको अभियानलाई साकार पार्न महŒवपूर्ण भएकाले निरक्षर नरहनेगरी खटिएर सहजकर्तालाई काम गर्न आग्रहसमेत गरे ।

 

Comments

comments