नेपाल मेडिकल काउन्सिलले शनिबार लिएको विशेष परीक्षामा फेल हुने चिकित्सकको संख्या ३९ दशमलब ६७ प्रतिशत

काठमाडौं,१९ फागुन । नेपाल मेडिकल काउन्सिलले शनिबार लिएको विशेष परीक्षामा सहभागी ३६८ जना परीक्षार्थीमध्ये पास हुनेमा १४६ जना फेल भएका छन्। फेल हुने चिकित्सकको संख्या ३९ दशमलब ६७ प्रतिशत हो। २२२ जना अर्थात (६० दशमलब ३३) प्रतिशत पास भएको काउन्सिलका रजिष्टार डा. दीलिप शर्माले जानकारी दिए।

गत वर्ष ६६ प्रतिशत पास भएका थिए। परीक्षमा अनुत्तीर्ण हुनेमा चीन, बंगलादेशमा अध्ययन गरी आएका चिकित्सकको संख्या बढी रहेको बताइएको छ। परीक्षा शनिबार स्वयम्भुस्थित नेपाली सेनाको स्वास्थ्य विज्ञान संस्थानमा भएको थियो। उक्त विशेष परीक्षा यस वर्षको तेस्रो तथा अन्तिम परीक्षा हो। काउन्सिलले वर्षमा तीन पटक विशेषज्ञहरुको लाइसेन्स (विशेष परीक्षा) लिने गर्दछ।

Comments

comments