भोलिको विकासको आधार प्रविधिः स्पन्धन प्याकुरेल

यसको उद्देश्य भनेको देशभर छरिएका उच्च शिक्षा, इन्जिनियरीङ तथा प्राविधिक क्षेत्रका विद्यार्थिको ज्ञानलाई सुधार्दै नयाँ खोज र आफ्नो कला देखाउने अवसरको थलो बनाउने हो

पुल्चोक इन्जिनियरीङ क्याप्पसमा अध्ययनरत विद्यार्थिहरुबाट स्थापना भएको संस्था लोकसले ग्रामीण विकासका लागि प्रविधि भन्ने मुल नाराका साथ ३ दिने प्राविधीक कार्यक्रम आयोजना गरेको छ । यहि माघ २४, २५ र २६ गते पुल्चोक इन्जिनियरीङ क्याम्पसकै प्राङ्गणमा हुनेछ । यस कार्यक्रममा विभिन्न करीब ७० प्रोजेक्टहरु प्रदर्शनीमा राखिले आयोजकले बताएका छन् । यसै सन्दर्भमा शिक्षासंसारका लागि लोकसकी मिडीया संयोजक स्पन्धन प्याकुरेलसंग प्रदिप विवश भण्डारीले गरेको कुराकानीः–

यो कस्तो खालको कार्यक्रम हो ?

यो हाम्रो पुल्चोक इन्जिनियरीङ क्याम्पसको इलेक्ट्रिकल, कम्प्यूटर र इलेक्ट्रमेनिक्सका विद्यार्थिहरु मिलेर सञ्चालन गर्न लागिएको प्रोजेक्टहरुको प्रदर्शनी कार्यक्रम हो । हाम्रो लोकस भन्ने एटटा संस्था छ । त्यसै संस्था मार्फत नै हामिले यो सबै गर्न लागेका हौँ । यसमा विभिन्न शैक्षिक संस्थाका विद्यार्थिहरुले प्रविधिसंग सम्बन्धित आविष्कार गरेको नयाँ नयाँ प्रोजेक्टहरुको प्रदर्शनी हुनेछ । त्यसका उहाँहरुले प्रदर्शन गगरेको प्रोजेक्टहरुको वर्गहरु छुट्याएर हामिले पुरस्कारको पनि व्यवस्था गरेका छौँ ।

यस प्रदर्शनी कार्यक्रमको उद्देश्य के हो ?

यसको उद्देश्य भनेको देशभर छरिएका उच्च शिक्षा, इन्जिनियरीङ तथा प्राविधिक क्षेत्रका विद्यार्थिको ज्ञानलाई सुधार्दै नयाँ खोज र आफ्नो कला देखाउने अवसरको थलो बनाउने हो ।

विशेषगरी हामिले यो कार्यक्रम मार्फत सम्पूर्ण विद्यार्थि जसले नयाँ नयाँ प्रविधिको आविष्कार गर्नुभएको हुन्छ तर बाहिर देखाउने अवसर पाउनु भएको हुँदैन उहाँको लागि त्यो सामाग्री बाहिर ल्याउन सजिलो होस भनेर यो कार्यक्रम सञ्चालन गर्न लागेको हौँ ।

लोकस संस्थाले सुरुवात भएदेखी नै यस्तो कार्यक्रम गर्दै आएको छ ?

लोकसको वि.सं. २००३ मा स्थापना भएको हो । जुन समयमा स्थापना भयो त्यो समयमा प्राविधिक विषयका विद्यार्थिहरु मध्ये पनि विशेषगरी चौथो वर्षका विद्यार्थिका लागि मात्र यस्तो प्रदर्शनी कार्यक्रम सञ्चालन हुने गरेको थियो तर अहिले आएर हामिले चौथो वर्षका विद्यार्थिका लागि मात्र नभई पहिलो वर्षका विद्यार्थिदेखी चौथो वर्षसम्मका सम्पूर्ण विद्यार्थिका लागि यो कार्यक्रम सञ्चालन गर्न लागेका छौँ ।

यस कार्यक्रममा क–कसको सहभागिता रहने छ ?

यस प्रदर्शनी कार्यक्रममा हाम्रो काठमाडौँ भ्यालीभित्रका सम्पूर्ण इन्जिनियरीङ क्याम्पस तथा ंद्द क्याम्पसका विद्यार्थिहरु मात्र नभई मात्र नभई भ्याली बाहिरका इन्जिनियरीङ क्याम्पस तथा ंद्द क्याम्पसका विद्यार्थिहरु पनि सहभागि हुँदै छन् । यस कार्यक्रममा स्वास्थ्य र शिक्षा, पर्यटनबाट रोजगार, कृषि र खाद्य प्रविधि, उर्जा प्रभावकारिता लगायतका सामाग्रीहरु प्रदर्शनी गरिने छ ।

यस कार्यक्रममा विद्यार्थिहरु कसरी प्रतिष्पर्धामा उत्रिने छन् ?

यस कार्यक्रममा क्याप्पस–क्याम्पसको प्रतिष्पर्धा हुने छैन । यसमा हामिले ग्रुप छुट्याएको छौँ जुन एक ग्रुपमा ४ जनाको टिम हुनेछ र हामिले उक्त टिमले प्रदर्शनी गर्ने सामाग्रीहरुको वर्ग छुट्याएका हुन्छौँ त्यसैका आधारमा प्रतिपपर्धा गराई पुरस्कार प्रदान गर्नेछौँ ।

अन्तिममा के भन्न चाहानुहुन्छ ?

लोकसद्धारा आयोजित यहि २४, २५ र २६ गते पुल्चोक क्याम्पसमा हुन गईरहेको प्रर्दशनी कार्यक्रममा सम्पूणमा निमन्त्रणा गर्न चाहान्छु । सम्पूर्ण विद्यार्थिहरुले आविष्कार गरेको प्राविधिक सामाग्री हेरी मुल्याङ्कन गरिपदनुहुन अनुरोध गर्दछु । विशेषगरी हाम्रो यो प्रदर्शनीले केहि नयाँ कुराको आविष्कार गर्नेछ आशा दिलाउछु । आजको यो समय भनेको हरेक कुरा प्रविधिले नै चल्ने गरेको छ । आज हामिले विभिन्न प्राविधिक कुराहरु आविष्कार गर्याैँ भने भोलिको विकासको आधार भनेकै प्रविधि बन्नेछ ।

More news

Comments

comments