लोकसेवा तयारीको सोचमा हुनुहुन्छ भने यता आउनुस् हामिले कुरा मात्र हैन काम पनि गरेर देखाउछौँः सञ्चालक पाण्डे

राजधानीको बागबजारमा अवस्थित नेम ईन्टिच्यूट अहिले पढाईको आधारमा निकै चर्चामा पुगेको छ । यसको शाखा वि.सं. २०५३ सालमा स्थापना भएको हो । पछिल्लो समयमा वि.सं. २०६३ सालदेखि लोकसेवाका तयारी कक्षाका लागि भनेर सीडेप नेपाल भनेर यस संस्थाले मेडिकल पढ्ने विद्यार्थिहरुलाई विशेष मध्येनजरमा राखेर अहिले सोहि अनुरुप पढाईहरु सञ्चालन गरिरहेको छ । यहाँका बारेमा अझ धेरै बुझन सकियोस भनेर शिक्षासंसारका लागि नेम ईन्टिच्यूटका सञ्चालक माधव पाण्डेसंग प्रदिप विवश भण्डारीले गरेको कुराकानीको सारसंक्षेपः
यहाँको दीर्घकालिन योजना के छ ?
हाम्रो दीर्घकालिन योजना भनेर खासमा हामिले नेपालमा मेडिकल क्षेत्रमा केहि गर्न चाहाने विद्यार्थिहरुका लागि विशेष छुटका साथ कक्षाहरु सञ्चालन गरिरहेका छौँ । जसमध्ये एम्.वि.वि.एस्, वि.वि.एस्, वि.पी.एच्, वि. फार्मेसी लगायतका विषयहरु सञ्चालन गर्दै आएका छौँ । हामिले आजसम्मका दिनहरुमा विभिन्न कलेजहरुमा गई सम्पूर्ण विद्यार्थिहरुलाई मोटिभेट गर्ने गरिरहेका छौँ र आउँदा दिनहरुमा पनि यो सबै कुराहरुलाई अगाडि लिएर जाने प्लानका साथ अगाडि बढिरहेका छौँ । हामिले यहाँ सम्पूर्ण विषहरुको विज्ञ शिक्षक मार्फत मात्र पढाईहरु सञ्चालन गरिरहेका छौँ । यस ईन्टिच्यूटमा पढाई मात्र नभई केहि सामाजिक कार्यहरुलाई समेत अगाडि बढाउने प्रयत्न गरिरहेका छौँ ।

के उद्देश्य लिएर अगाडि बढिरहनुभएको छ ?
हाम्रो उद्देश्य भनेकै विशेषगरि मेडिकल ईन्ट्रान्स तयारीका लागि जुटिरहेका विद्यार्थिहरुलाई दक्ष बनाउनु हो । त्यसका साथै हामिले पढाएका विद्यार्थिहरुले भोलिका दिनमा प्रगति हेर्नु हो । यसको मलतव भोलि उहाँहरुले पनि भन्न सक्ने होस कि मैले नेम ईन्टिच्यूटमा पढेको हो र हामिले पनि गर्वका साथ भन्न पाउँ कि हामिले नै पढाएको विद्यार्थि हो । हुनत हरेक विद्यार्थि कुनै न कुनै उद्देश्य नलिएर यहाँसम्म आउँदैन तर यहाँ आएपछि उसको उद्देश्य अझ बलियो हुँदै जाओस र हामिलाई ज्ञान दिएको महशुस नहुँदा समेत उसले ज्ञान आर्जन गरेको महशुस गरोस भन्ने चाहाना हो ।

अहिलेसम्म विद्यार्थिका लागि के–के गर्नुभयो ?
विशेषगरि विद्यार्थिहरुका लागि सबैभन्दा धेरै काम भनैकै ज्ञान दिनु नै हो जस्तो लाग्छ । उहाँहरुका लागि हामिले किताबको ज्ञान मात्र नभई बाहिरी ज्ञान पनि बाढ्दै आईरहेका छौँ । कतिपय विद्यार्थिको आर्थिक स्थिति बुझेर हामिले विशेष छुटका साथ पनि अध्यापन गरउँदै आएका छौँ । हामिले उहाँहरुलाई दिन सक्ने भन्दा पनि माथिको ज्ञान बाढ्न प्रयत्न हरवखत गरिरहेका छौँ । हामिले हरेक विद्यार्थिलाई भन्ने गरेका छौँ– ‘‘तपाई जो नेममा आउनुहुन्छ भने दुखी भएर फर्कनै पर्दैन ।’’

विद्यार्थिहरुका लागि नेम ईन्टिच्यूट नै किन ?
म आफ्नो कामको प्रसंसा आँफै गर्न त सक्दिन किनभने वास्तवमा अहिले नेम ईन्टिच्यूटको नाम नै काफी छ । यहाँ भएका काम र यहाँ हुने पढाईका बारेमा यहाँबाट पढेर गईसक्नुभएका र हाल पढ्दै गर्नुभएका विद्यार्थिहरुले बुझिसक्नुभएको छ । हामिले यहाँ कुरा मात्र हैन काम पनि गरेर देखाएका छौँ । त्यहि कामको सफलताले नै आज यो स्थान सम्म पुगेका पनि छौँ । नेममा तपाई विद्यार्थि वर्गहरु आउनुहोस तपाईले बाहिरबाट नेमको बारेमा जति बुझ्नु भएको छ त्यो भन्दा बढी पाउनुहुनेछ । अन्य शैक्षिक संस्थामा पनि पढाई नराम्रो हुन्छ त भन्दिन तर हामिले त्यहि पढाईलाई फरक ढंगले सञ्चालन गर्नेछौँ । हामिले यहाँ लेखाई, घोकाई र प्रयोगात्मक सिकाईका साथै परीक्षागत रुपमा नै विद्यार्थिहरुलाई अगाडि बढाएका छौँ त्यसैले म भन्छु विद्यार्थिहरुका लागि नेम ईन्टिच्यूट ।

अन्त्यमा विद्यार्थिहरुलाई के भन्न चाहानुहुन्छ ?
हुनत म भन्दा धेरै कुराहरुमा उहाँहरुले नै बुझ्नु भएको होला । तपाई यहि नेम ईन्टिच्यूटमा नै आउनुहोस भनेर म करकाप त गर्दिन तर तपाई जहाँ जानुहुन्छ त्यहाँ आफ्नो उज्वल भविष्य छ भने मात्र जानुस भन्न चाहान्छु । हरेकले भन्छ मेहनत गरे जे मा पनि सफलता मिल्छ भनेर तर आजको जमाना भनेको प्रतिष्प्रधात्मक जमाना हो त्यसैमा पनि लोकसेवा भनेको त झन धेरै प्रतिष्प्रधाको विषय हो । त्यसैले तपाईको सानो प्रयासले मात्र लोकसेवा पास गर्न सकिदैँन । तपाई अगाडि बढ्नु छ आफू एक कुरामा अडिक रहनुहोस र अगाडि कढ्नुहोस । र कहिल्यै नभुल्नुहोस कि जति माथि पुगेपनि पुनः तल झर्न सक्ने अवस्था श्रृजना हुन सक्छ ।

Comments

comments