एसइइमा एक हजार नौ सय ६१ परिक्षा केन्द्र

काठमाडौं,  आगामि १० चैत्रदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइइ) का लागि एक हजार नौ सय ६१ वटा परिक्षा केन्द्र तोकिएको छ । शिक्षा विज्ञान तथा प्रबिधी मन्त्रालयले उत्तरपुस्तिका परीक्षणका लागि करीव ६२ वटा उपपरीक्षण केन्द्र कायम गर्ने जनाएको छ ।

यस बर्ष प्रदेशगतरुपमा अनिवार्य ६ बिषयको समानान्तर सेटबाट परीक्षा सञ्चालन गर्ने तयारी थालिएको मन्त्रालयका सचिव खगराज बरालले जानकारी दिए । यसैविच, शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले माध्यमिक शिक्षा परीक्षा एसइइ अर्थात् कक्षा १० को परीक्षालाई व्यवस्थित र मर्यादित बनाउन निर्देशन दिएका छन् ।

मन्त्रालयमा परीक्षाको तयारीका सन्र्दभमा बिभिन्न सरोकारवाला निकाय संगको छलफलमा मन्त्री पोखरेलले प्रश्नपत्र तयारी र छपाई, परिक्षा केन्द्रको अवस्था र आवश्यक सुरक्षाको तयारीका सन्र्दभमा जानकारी लिएका थिए ।

परीक्षा भयरहित र व्यवस्थित हुनुर्ने बताउँदैं मन्त्री पोखरेलले प्रश्नपत्र तयारी गर्दा र परिक्षा केन्द्र तोक्दा बिषेश ध्यान दिनुपर्ने बताए । वैठकमा प्रश्नपत्र छपाई कार्यस्थल व्यवस्थापन तथा अनुगमन समिति गठन गर्ने, सुरक्षाकर्मी खटाउने र प्रश्नपत्र ढुवानी तथा भण्डारण समन्वय गर्ने सम्बन्धमा छलफल भएको थियो ।

Comments

comments