एक डाक्टरको भागमा १२०० विरामी, पालो पाउन घण्टौ कुर्नुपर्ने बाध्यता

संघका महासचिव कार्कीका अनुसार बेडको आधारमा भन्दा सेवाको आधारमा अस्पतालको वर्गिकरण गरिनुपर्ने देखिन्छ । संघले डाक्टरहरु सजिलैसंग दुर्गममा जान मानेपनी सुरक्षाको ग्यारेण्टी, उपकरणको पर्याप्तता हुनुपर्ने बताएको छ ।

काठमाडौं  एक डाक्टरको भरमा एक हजार दुई सय नागरिकले उपचार सेवा लिनुपर्ने बाध्यता छ । दूरदराजका गाउहरुमा त अझै डक्टरहरु उपलब्ध हुनै मुश्किल छ । उपलब्ध भएका ठाउमा पनि विरामीले डक्टरको उपचार पाउन नीकै कठिन हुने गरेको छ ।

नेपाल मेडिकल काउन्सिलका अनुसार देशभर २३ हजार सात सय ५१ डाक्टर छन् । जसअन्तर्गत २१ हजार ३३ मेडिकल डाक्टर, दुइ हजार सात सय १८ डेण्टल डाक्टर छन् । पुरुष डाक्टरको संख्या १४ हजार एक सय २६ र महिला डाक्टरको संख्या ६ हजार ९ सय सात छ । केन्द्रीय तथ्यांक विभागको पछिल्लो तथ्यांक अनुसार नेपालको कुल जनसंख्या तीन करोड बढ्री छ । यसरी हेर्दा एउटा डाक्टरको भरमा एक हजार दुई सय नागरिक पर्छन् । बिरामीको अनुपातमा डाक्टरको संख्या न्यून हुँदा बिरामीहरुलाई उपचार सेवामा समस्या हुने गरेको छ ।

जिल्लामा पर्याप्त डाक्टर नहुँदा बिरामीले घण्टौं कुरेपछि मात्रै पालो आउँछ । विरामीहरुको चाप अस्पतालमा भएपनि पर्याप्त दरबन्दी पूर्ति हुन सकेको छैन । सरकारले एक स्थानीय तह एक अस्पतालको नारा अघि सारेपनि कार्यान्वयनमा आउन सकेको छैन । सात सय ५३ स्थानीय तह रहेपनि दुई हजारदेखि दुइ हजार पाँच सयको हाराहारीमा मात्रै चिकित्सकहरु सरकारी सेवामा कार्यरत छन् । जसकारण बिरामीहरु जिल्ला सदरमुकाम धाउन बाध्य छन् ।

विरामीको चाप थेग्न डाक्टरहरुको दरबन्दी थप्नुपर्ने नेपाल चिकित्सक संघले जनाएको छ । अझै पाँच हजार दरबन्दी थप्नुपर्ने संघका महासचिब डा. लोचन कार्कीले बताए । उनले भने, ‘नेपालमा कति डाक्टर कार्यरत छन् भन्ने तथ्यांक स्वास्थ्य मन्त्रालयसँग छैन । हाल करिब १५ हजार डाक्टर मात्रै कार्यरत छन् । यसरी हेर्दा एक डाक्टरले दुइ हजार बिरामी हेर्नुपर्छ ।’

संघका महासचिव कार्कीका अनुसार बेडको आधारमा भन्दा सेवाको आधारमा अस्पतालको वर्गिकरण गरिनुपर्ने देखिन्छ । संघले डाक्टरहरु सजिलैसंग दुर्गममा जान मानेपनी सुरक्षाको ग्यारेण्टी, उपकरणको पर्याप्तता हुनुपर्ने बताएको छ ।

नेपाल मेडिकल काउन्सीलका अध्यक्ष धर्मकान्त बाँस्कोटाले नेपालमा कार्यरत सबै चिकीत्सकहरुको नामावली वेव पेजमा राख्ने व्यवस्था मिलाइएको बताए । उनले भने, ‘काउन्सीलमा दर्ता हुन योग्य सबै तहका चिकीत्सकहरुको नाम, विषय तथा योग्यता वेव पेजमा राख्ने व्यवस्था मिलाइएको छ । मेडिकल कलेजहरुको पनि वर्गीकरण गरीएको छ ।’

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठले हरेक स्थानिय तहमा चिकीत्सकहरुको दरबन्दी क्रमीक रुपमा थप गरीने बताए । उनले भने, ‘सबै स्थानिय तहमा चिकीत्सकहरुको दरबन्दी सृजना हुन्छ । यसरी हेर्दा सबै स्थानिय तहमा दुइ हजार एक सय चिकीत्सकहरुको आबश्यक पर्छ । ’  संघ, प्रदेश र स्थानिय तहमा ६ हजार चिकीत्सकहरु आबश्यक पर्ने भन्दै क्रमीक रुपमा पूर्ति गरिने तयारी रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता श्रेष्ठले बताए ।

Comments

comments