बर्षौदेखि खोलामा थुप्रिएको फोहोरलाई हटाउँदै बिद्यार्थीहरु

दाङ, माघ ११ । गोरखा माध्यामिक बिद्यालयका बिद्यार्थीहरुले दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ बरुवागाउँमा रहेको रानीघाट खोलाको फोहोर हटाएका छन् । तुलसीपुर उपमहानगरपालिका वडा नं. ७ स्थित रानीघाट खोलाको फोहोरलाई बिहीबार कक्षा ८ का बिद्यार्थीहरुको सहभागितामा सफा गरिएको हो । खोलाको किनारमा प्लाष्टिकलगायतका अन्य फोहोर अव्यबस्थित रुपमा फाल्दा मानब स्वास्थ्यसंगै कृषि उत्पादनमा पनि असर गर्ने भएकाले यसरी खोलाको किनारमा फोहर फाल्न नहुँने भन्दै चेतना दिन बिद्यार्थीहरु आफै फोहर फाल्न जुटेका हुन ।खोलामा लामो समयदेखि फोहोर फाल्दा आवतजावतमा समेत समस्या हुने गरेको थियो ।

बिट्रिस काउन्सिलको आईएसए कार्यक्रम अन्र्तगतको प्रदुषित पानी प्रोजेक्टले बिद्यार्थीहरुलाई चेतना प्रदान गरेपछि उनीहरु आफै यस कार्यमा सक्रिय बन्न थालेका छन् । उक्त कार्यक्रमले स्थानीय बासिन्दालहरुलाई पनि सरसफाई गर्नुपर्छ भन्ने भावना पैदा गरिदिएको छ । सरसफाई पछि औपचारीक कार्यक्रम गरि समुदायलाई चेतना प्रदान गरिएको थियो । गोरखा स्कुल तुलसीपुरका प्रिन्सीपल बिजयमान जिएमको अध्यक्षता तथा वडा नं. ७ का अध्यक्ष टोपबहादुर केसीको प्रमुख आतिथ्य एवं स्रोत ब्यक्ति बिष्णुकुमारी केसीको बिशिष्ट आतिथ्यमा कार्यक्रम भएको हो ।

कार्यक्रममा माबि कालाखोलाका प्रधानाध्यापक राजीव ओझा, समाजसेवी किरण डाँगी लगायतले यस्ता कार्यक्रमले बिद्यार्थीहरुसंगै समाजलाई परिबर्तन गर्न मद्दत पुग्ने बताएका थिए ।

त्यस्तै प्रोजेक्ट संयोजक शशिधर पोख्रेल, शिक्षक सुदीप भुषाललगायतको सहभागिता रहेको थियो । बिद्यार्थी सदीक्षा रोकायले स्वागत मन्तब्य ब्यक्त गरेको कार्यक्रमको सहजीकरण बिद्यार्थी पुजा भण्डारी र दिनेश डाँगीले गरेका थिए ।

Comments

comments