स्ववियू चुनाव बारे विद्यार्थी नेताको आफ्नै दाविः हाम्रो एजेण्डाको जित !

काठमाडौँ, ३ माघ । त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियनको चुनाव आउँदो फागुन महिनामा गर्ने भनेसँगै कयाम्पसहरुमा चहलपहल बढेको छ । स्ववियुमा विद्यार्थी संगठनहरु आफ्ना एजेण्डाहरु जित्ने दावि गर्दै संगठन बिस्तार अभियानमा होमिएका छन् । यसै सन्दर्भमा शिक्षा संसारले केहि विद्यार्थी संगठनको प्रतिनिधिमूलक आवाज समेटेका छौ ।

सर्टीफिकेट धितो राखेर ऋण उपलब्ध गराउँने योजना कार्यान्वयन
रश्मी आचार्यः अखिल उपाध्यक्ष
मूलत शैक्षिक एजेण्डाहरु नै चुनाव जित्ने आधार हो । हामीले कलेजको गुणस्तर वृद्धि गर्न, विद्यार्थीहरुले पाउनुपर्ने छात्रवृद्धिका कुराहर पाएका छन् कि छैनन् , त्यसै गरी स्वास्थ्यका कुराहरु उठाएका छौ । शिक्षा वृद्धिका लागी प्राविधिक शिक्षहरुको आवशयक छ र यस शिक्षालाई बढाउनु पर्दछ ।

 

कलेजहरु मर्ज गरेर यसलाई प्राविधिक शिक्षाको आधारमा लैजानुपर्छ । अहिलेको देशको मूल नारा भनेको सुखी नेपाली समृद्ध नेपाल भन्ने नारासँग देशका सबै विद्यार्थीहरुलाई जोडेर लैजाने छौ । पहिले गरेका कामहरुका आधारमा चुनाव जित्ने एउँटा ऐजेन्डा हो ।

हामीले विद्यार्थीको हकहितका लागी विभिन्न आन्दोलनहरु गर्दे आएका छौ । जस्तो सर्टीफिकेट धितो राखेर ऋण पाउने पनि अनेरास्ववियूले गरेको हो । मूलत हाम्रो संगठनले गरेका कामहरु नै हाम्रो अबको चुनावको मुख्य आधार हो ।

शैक्षिक सुधारका लागी प्राविधिक शिक्षा
पवन यादवः नेवि संघ उपाध्यक्ष
विशेष त हाम्रो मूल ऐजेन्डा भनेको शैक्षिक सुधारनै हो । शैक्षिक सुधारका लागी प्राविधिक शिक्षा , जीवन उपयोगी शिक्षा आवश्यक छ । जुन प्रकारको घोकन्ते शिक्षा छ त्यो भन्दा पनि प्राविधिक शिक्षाको खाँचो छ । अहिलेको यो कम्यूनिष्टको दुई तिहाइको सरकारले विद्यार्थीहरुको हक हितका लागी नभएर मूल्यवृद्धि जस्ता गतिविधिहरु गरिरहेको छ । हाम्रो संगठन सरकारको गलत क्रियाकलाप विरुद्ध सफलताको लागी जादै छ ।

 

हाम्रो नेपाल विद्यार्थी संघ विद्यार्थीको हक हितका लागी कामहरु गरेर गर्वले जन्मेको हो । हामीले विद्यार्थीका कुराहरु उठाएर आन्दोलन गर्दा अरु कुनै पनि विद्यार्थी संंघहरु आएनन् । अहिले शिक्षाको लागी सरकारले २० प्रतिशत बजेट पनि छुट्याएको छैन झनै घटाउदै गई रहेको छ । हामीले गरेका कामहरुले गर्दा हाम्रो संगठनले जित्छ भन्ने मलाई लाग्छ ।

शिक्षालाई निशुल्क बनाउँछौ
गोपाल रेग्मी – अखिल नेता
चुनावका लागी त्रिविले जुन समय, मिति दिएको छ त्यसलाई हामीले स्वागत गर्दछौ । हामी चुनाविय ऐजेण्डा बनाउने क्रममा छौ । नाराहरु अहिलेनै घोषणा भएका छैनन् ।

हामीले शिक्षालाई निशुल्क बनाउने एजेण्डा लिएर अघि बढेका छौं । शिक्षा क्षेत्र देखिएको विकृती हल गर्ने र शिक्षालायलाई अभिभावकत्व बनाउने हाम्रो योजना छ ।

Comments

comments