साप्ताहीक बुधवार लोकसेवा प्रश्नः समसामयिक वस्तुगत प्रश्नोत्तर

१.सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका गुफाडाँडामा राष्ट्रिय जलवायु सम्मेलन कहिले सम्पन्न भएको हो ?
वि.सं २०७५, पुस १६ र १७ गते ।
– जलवायु अनुकूलन र यसबाट उत्पन्न असर न्यूनीकरणका लागि राष्ट्रिय जलवायु सम्मेलनले १० बुँदे गुफाडाँडा घोषणापत्र जारी गरेको छ ।
– जलवायु परिवर्तन तथा त्यसले पारेको असर बारे वैज्ञानिक खोज एवं अनुसन्धानलाई प्रोत्साहन गर्दै जनचेतना अभिवृद्धिमा जोड दिइने कुरा गुफाडाँडा घोषणापत्रमा उल्लेख छ । जलवायु परिवर्तन र यसको प्रभावबारे वैज्ञानिक तथ्य एवं वास्तविकताको पहिचानका लागि हरेक गाउँपालिका र नगरपालिकामा जलवायु मापनकेन्द्र स्थापनाको पहल गर्ने गुफाडाँडा सम्मेलनले घोषणा गरेको छ ।

२. मध्यपहाडी लोकमार्गमा निर्माण हुन लागेका १० नयाँ सहर कसको मातहतमा बनाइने भएको छ ?
केन्द्रीय सरकार
– सरकारले आ.व २०७५-७६ देखि सहर निर्माणको जिम्मेवारी प्रदेश सरकारलाई दिने निर्णय गरेकोमा २०७५ मङ्सिरमा बसेको मन्त्रिपरिषद वैठकले सहर निर्माणको जिम्मा संघलाई नै दिएको छ ।
– मध्यपहाडी लोकमार्गमा नयाँ सहर निर्माणको काम आ.व. २०६५-६६ देखि सुरु भएको थियो ।
– नयाँ सहरका रूपमा विकास गर्न छनोट भएका दश स्थानमा पाँचथरको फिदिम, तेह्रथुमको वसन्तपुर, सिन्धुलीको खुर्कोट, धादिङको बैरेनी, बागलुङको वुर्तिवाङ, दैलेखको राकमकर्णाली, रुकुमको चौरजहारी, अछामको साँफेबगर, बैतडीको पाटन र तनहुँको डुम्रे रहेका छन् ।
– १५ वर्षे योजनामा निर्माण हुन लागेका यी प्रत्येक सहरमा एक लाखभन्दा बढी जनसङ्ख्या व्यवस्थापन हुने बताइएको छ ।

३. प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जवराले कहिलेदेखि कार्यभार सम्हाल्नुभयो ?
वि.सं २०७५, पुस १८ गते ।
२०१४ साल, मङ्सिर २८ मा काठमाडौँमा जन्मनुभएका चोलेन्द्र वीर शमशेरका पनाति हुनुहुन्छ । वीर शमशेरका छोरा इन्द्रशमशेर र उहाँका छोरा युवराज शमशेरका छोरा चोलेन्द्र २०५३ साल, वैशाख १ गते तत्कालीन पुनरावेदन अदालतको अस्थायी न्यायाधीश नियुक्त हुनुभएको थियो ।

४. प्रदेश २ का प्रमुख रत्नेश्वरलाल कायस्थले प्रदेश प्रहरी ऐन, २०७५ को प्रमाणीकरण कहिले गर्नुभयो ?
वि.सं २०७५, पुस १५ गते

५. उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उन र दक्षिण कोरियाली राष्ट्रपति मुन जाई इनबीच ऐतिहासिक भेटवार्ता कहिले भएको हो ?
सन् २०१८, अप्रिल २७
किम र मुनले आ–आफ्ना भूमिमा टेकेर हात मिलाएपछि उत्तर कोरियाली नेता किमले सीमारेखा नाघ्दै दक्षिण कोरियाली भूमिमा पहिलोपटक पाइला राख्नुभएको थियो । सन् १९४५ मा कोरिया दुई भागमा विभाजित भएपछि दक्षिण कोरियामा पाइला टेक्ने किम पहिलो नेता हुनुभएको छ । सो अवसरमा दक्षिण कोरियाली राष्ट्रपति पनि उत्तर कोरियाली भूमिमा पुग्नुभएको थियो ।

६. अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली सर्वाेच्च नेता किम जोङ उनबीच सिङ्गापुरमा शिखरवार्ता कहिले भएको हो ?
सन् २०१८, जुन १२
– अमेरिकी राष्ट्रपति र उत्तर कोरियाका सर्वोच्च नेताबीच इतिहासमै पहिलोपटक भेटवार्ता भएको थियो ।

७. २१औँ शताब्दीको सबैभन्दा लामो चन्द्रग्रहण कहिले लाग्यो ?
सन् २०१८, जुलाई २८

८. हाल विश्वमा सवैभन्दा बढी मानिसले बोल्ने भाषा कुन हो ?
चिनियाँ भाषा एक अर्ब २० करोडले बोल्छन् ।
चिनियाँ भाषापछि सबैभन्दा बढी मानिसले बोल्ने दोस्रो भाषा स्पेनी र तेस्रो भाषा अङ्ग्रेजी हो ।

९. सुत्केरी भैँसीलाई तीन हजार भत्ता प्रदान गर्ने व्यवस्था कहाँ गरिएको छ ?
सल्यानको बागचौर नगरपालीका

१०. जलवायु परिवर्तनको जोखिमका हिसावले नेपाल कतिऔँ स्थानमा रहेको छ ?
चौथो

Comments

comments