शिक्षा लिन उमेरले छेक्दैन

ललितपुर स्थित हरिसिद्धी उच्च माध्यामिक विद्यालयका पूर्व प्रधानाध्यापक धर्म गोविन्द मर्हजन पढ्नलाई मन भए र परिश्रम गरेमा उमेरले नरोक्ने उदाहरण बनेका छन् । लामो समय प्रध्यापक रहेर हरिसिद्धी उच्च माध्यामिक विद्यालयलाई एउउटा स्थापित विद्यालय बनाएका उनि आफै ६८ वर्षको उमेरमा विद्यार्थी बनेका छन् । उनले किर्तीपुरस्थित त्रिभुवन विश्वविद्यालयमा विद्या वारिदिका लागी दोस्रो सेमेस्टरमा पढिरहेका छन् ।

विद्यालयबाट अवकास पाप्त गरेपछि पुसतक लेख्ने उनको सोच भयो । उनका अनुसार यहि क्रममा उनले विभिन्न पुस्तकालय गएर अध्ययन थाले । पढ्न मन भएमा उमेरले नरोक्ने र आफुलाई अझै विद्या आर्जन गर्न मन भएको उनले बताए । उनले आफ्नो समाज र युवामाझ पनि यति उमेरसम्म पनि पढ्न सकिन्छ भन्ने शिक्षा दिएका छन् । उनका अनुसार उनको लिएको यो कदमले धेरै युवामा उत्साह र पे्ररणा लयाउने बताउ छन् ।

आफुलाई अङ्गे्रजी र कम्प्युटर विषयमा भने अलि ज्ञान नभएको र त्यस सम्बन्धि अहिले सिकिरहेको कुरा उनले जानकारी गराए । विद्यालयमा शिक्षक लगाएत आफ्ना सहपाठी मित्रहरुले आफुलाई प्रोत्साहित गरेको उनी बताउछन् ।

Comments

comments