विद्यालय नबन्दा बालबालिका पढाईबाट बञ्चित

भूकम्प पीडित बालबालिका अहिलेसम्म पनि पढाईबाट बञ्चित भईरहेका छन् । भूकम्प गएको यति समय पुग्दा पनि अझैँसम्म उनिहरु राम्रो खाना, बस्न र शिक्षाबाट बञ्चित छन् । विभिन्न ठाउँमा अहिलेसम्म पनि विद्यालयको निर्माण भईरहेका छैनन् ।

विभिन्न गैरसरकारी संस्थाहरुले विद्यालय निर्माणका लागी सहयोग गरिरहेका छन् । तर सरकार पक्षबाट भने यसबारेमा खासै चासो दिएको देखिएको छैन । विभिन्न संघ संस्थाहरुले शिक्षा सम्बन्धि कार्यक्रमहरु गरिरहेको पाईन्छ ।

शिक्षाका विषयलाई सरकारले गम्भिर रुपमा लिएर त्यस अनुरुप कार्यक्रमहरु बनाएर अगाडि बढ्नु पर्दछ । निम्न वर्गीय जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्तिको व्यवसथाका साथै अन्य सुविधाहरु दिनुपर्दछ । त्यसै गरी सरकारी विद्यालयहरुमा भोतिक पूर्वधारहरुको पनि राम्रो व्यवस्था गरिनुपर्दछ ।

Comments

comments